शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु , क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान
जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु , क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख ९, २०८२
hariom chaudhari
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुइनेमंगले र वडा नम्बर–७, चिमखोला क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत बाराका हरिओम चौधरीको मृत्यु भएको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनामा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरी कार्यक्षेत्रमा मेसिन बोकेर हिड्ने क्रममा आइतबार दिउँसो साढे १ बजे अचानक बेहोस भई ढल्नुभएको थियो । उपचारका क्रममा बेनी प्रादेशिक अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, आइतबार साढे चार बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार, सिविएम डब्लुई कम्पनी मार्फत आयोजनामा जोडिनुभएको थियो । मृतक चौधरीले वल्डिङको काम गर्नुहुन्थ्यो । आयोजनाको निर्माणाधिन बाँधस्थल बन्दीघाँटी क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । यसैबीच कम्पनीले ७ महिनासम्म कार्यरत मृतक चौधरीको बिमा समेत नगरेको पाइएको छ । मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारवाहीको माग गरेका छन् । कम्पनीको लापबाहीको कारण हरिओमको मृत्यु भएको र कम्पनीले गुनासो सुनुवाई नगरेको भन्दै उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने परिवारले अडान लिएका छन् । हरिओमको शव अहिले बेनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । मृतक चौधरीका  बुबाआमा,एक दाजु ,श्रीमती र दुई छोरी हुनुहुन्छ । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई न्यूनतम सुविधाका लागि समेत आनकानी गर्ने गरेका छन् । तुँदी कम्पनीको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत पनि निर्माणाधिन अवस्थामा रहेको छ । मृतक हरिओम चौधरी । तस्बिर सौजन्य : कमलबाबु चौधरी  
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १४:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP