शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जलविद्युत आयोजनामा मजदुर मृत्यु प्रकरण : क्षतिपुर्तीमा सहमतिपछि परिवारले बुझे शव
जलविद्युत आयोजनामा मजदुर मृत्यु प्रकरण : क्षतिपुर्तीमा सहमतिपछि परिवारले बुझे शव
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख १०, २०८२
म्याग्दी । म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने क्रममा ज्यान गुमाउनुभएका बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरीको शव बुधबार साँझ परिवारले बुझेका छन् । मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार ,हरिओमको कम्पनी सिविएम डब्लुईले पीडितका परिवारलाई क्षतिपुर्तीस्वरुप दश लाख रुपैयाँ सहित बेनीदेखि बारासम्मको एम्बुलेन्स लगायत खर्च र तुँदी पावर कम्पनीले थप ६ लाख रुपैयाँ उपलब्ध गराउने सहमतीपछि परिवारले शव बुझेका हुन् । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले पनि क्षतिपूर्ति दिलाउन समन्वय गर्नुभएको आफन्त कमलबाबु चौधरीले बताउनुभयो ।उहाँका अनुसार ,सिविएम डब्लुई कम्पनीको तर्फबाट सुपरभाइजर कमल रानाले  दश लाख मध्ये पचास प्रतिशत अर्थात पाँच लाख पीडित परिवारलाई बुधबार बुझाउनुभएको छ भने बाँकी पाँच लाख जेठ महिनाको १३ उपलब्ध गराउने सहमति भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलले जाहेरी पछि बेनी प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम गरी बुधबार साँझ मृतकका परिवार र आफन्तलाई बुझाइएको जानकारी दिनुभयो । मृतक हरिओमका बुबा रामबाबु  ,दाजु धर्मराज चौधरी लगायत आफन्त बेनी आउनुभएको थियो । जिल्लाको रघुगंगा गाउँपालिका–८,कुइनेमंगले र वडा नम्बर–७,चिमखोला क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजना तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनामा कार्यरत चौधरी कार्यक्षेत्रमा मेसिन बोकेर हिड्ने क्रममा आइतबार दिउँसो साढे १ बजेको समयमा अचानक बेहोस भई ढल्नुभएको थियो । उपचारका क्रममा बेनी प्रादेशिक अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले आइतबार करिब साढे चार बजे मृत घोषणा गरेका थिए । मृतक चौधरीका बुबाआमा,एक दाजु ,श्रीमती र दुई छोरी हुनुहुन्छ । यो पनि पढ्नुहोस् ... [embed]https://myagdinews.com/2025/04/81137/[/embed] मृतक सिविएम डब्लुई कम्पनी मार्फत आयोजनामा जोडिनुभएको थियो । मृतक चौधरीले वल्डिङको काम गर्नुहुन्थ्यो । यसैबीच कम्पनीले ७ महिनासम्म कार्यरत मृतक चौधरीको बिमा समेत नगरेको पाइएको थियो । मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारवाहीको माग गरेका थिए  । कम्पनीको लापबाहीको कारण हरिओमको मृत्यु भएको र कम्पनीले गुनासो सुनुवाई नगरेको भन्दै उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने भन्दै परिवारले अडान लिएका थिए । तुँदी कम्पनीको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत पनि निर्माणाधिन अवस्थामा रहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २१:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP