शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रुमका पसलको अनुगमन
रुमका पसलको अनुगमन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख १२, २०८२
रूम पसल अनुगमन (6)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–२, रुममा बिहीबार संयुक्त रुपमा बजार अनुगमन भएको छ । रुम गाउँमा सञ्चालित पसल तथा दैनिक उपभोग्य सामानहरुको प्रयोगको वास्तविक अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सहकार्यमा संयुक्त बजार अनुगमन गरिएको जनाइएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसी र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाको एक टोलीले रुम गाउँको विभिन्न स्थानमा सञ्चालित किराना तथा खुद्रा पसल, होटल तथा रेष्टुरेण्ट, बेकरी र मडिकलसहित १७ वटा पसलको अनुगमन गरेको थियो ।
अनुगमन टोलीले रुममा सञ्चालित सिर्जना फेन्सी स्टोर्स, लिलबहादुर पुनको पसल, नारायण एण्ड गगन इन्टरप्राईजेज, नारायण एण्ड गगन खाजाघर, प्रबिसा मडिकल हल, दुरलेक होटल एण्ड रेष्टुरेण्ट, शेरचन फेन्सी भाँडा तथा किराना स्टोर्स, प्रिन्सेस खाजाघर, दलकुमारी किराना पसल, सिमरन हर्मेलको पसल, यु।जि। स्टोर्स, आशिष एण्ड सागर खाजाघर, रितिक घर्तीमगरको पसल, रुम बेकरी कोसेली उद्योग, धनमाया पुनको पसल र अभिषेक फेन्सी पसलमा अनुगमन गरिएको जनाएको छ । अनुगमन टोलीबाट पसल दर्ता तथा नवीकरण गरे नगरेको, पसलभित्र राखेका सामानको प्रयोगको अवस्थालगायत विषयहरुमा अनुगमन भएको थियो ।
अनुगमनको क्रममा केही पसलहरु दर्ता नगरिकनै सञ्चालन गरेको पाइएको छ । यसैगरी कतिपय पसल गाउँपालिकामा दर्ता भए पनि स्थायी लेखानम्बर नलिएको, एउटा पसल दर्ता गरेर अर्कै प्रकृतिको पसल सञ्चालन गरेको, किराना र फेन्सी पसलका सामानहरु एकै ठाउँमा राखेर बिक्री वितरण गरेको, एकथरी पसल दर्ता गरेको तर उद्देश्य फरक राखेको, पसलमा मूल्यसूची नटाँसेको, साईनबोर्ड नराखेको, म्याद सकिएका सामानहरु टाँसीमा राखेर बिक्री गरेको जस्ता कमीकमजोरीहरु भेटिएका छन् ।
अनुगमनमा भेटिएका कमी कमजोरीहरुलाई सुधार गरी आउँदो २१ गतेभित्र पसल दर्ता गरेर त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउन निर्देशन जारी गरिएको पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर सहायक ढुङ्गानाले जानकारी दिनुभयो । म्याद सकिएका सामानहरुमा चिसो पेयपदार्थहरु कोकाकोला, स्प्राईट, फेन्टा तथा सुजी, कुरकुरे, दालमोठलगायत रहेका छन् । रुममा पहिलोपटक अनुगमन गरिएको हो भने म्याद सकिएका सामानहरुलाई छुट्टै व्यवस्थापन गर्न सुझाव दिइएको छ ।
अनुगमनमा भेटिएका कमजोरीहरुलाई सुधार गर्न र कानुनी प्रक्रिया पुरा गरेर मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको सहायक प्रजिअ आचार्यले बताउनुभयो । उपभोक्ताहरुको हकहित र स्वास्थ्यलाई मध्यनजर गरी व्यवस्थित तरिकाले पसल सञ्चालन गर्ने वातावरण बनाउनका लागि बजार अनुगमन गरिएको थियो । वडास्तरमा सञ्चालित पसलहरुको पनि समय समयमा अनुगमन गरी चुस्तदुरुस्त बनाउन र आम उपभोक्ताहरुलाई सचेत बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ११:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP