शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • महिलाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन तालिम (तस्बिरहरु)
महिलाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन तालिम (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख १३, २०८२
IMG_8194
म्याग्दी । समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन सम्बन्धी विषयको तालिम दिइएको छ । उनीहरुलाई सिप सिकाएर आत्मनिर्भर तथा सशक्त बनाउने उद्देश्यसहित व्यावसायिक बाख्रापालनका लागि तालिम प्रदान गरिएको हो । मंगला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा बाख्रापालन तालिम सञ्चालन गरिएको थियो । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम’ अन्तर्गत एक हप्तासम्म चलेको तालिममा मंगला गाउँपालिकाको ५ वटा वडाबाट २५ जना एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई समेटेर तालिम दिइएको छ । तालिममा महिला हिंसाको अवस्था, आर्थिक सशक्तिकरण, व्यावसायिक उत्प्रेरणा, बाख्राको परिचय, महत्व र आवश्यकता, स्थानीय प्रजातिको बाख्रापालन तथा वातावरणीय अनुकुलता, बाख्रालाई खोरको तयारी तथा व्यवस्थापन, खोरको सरसफाइ, बाख्रापालनमा ध्यान दिनुपर्ने विषयहरु, आवश्यक सामग्रीको परिमाण र व्यवस्थापन, नजिकका बाख्रा खोरको अनुगमन, खोर तयार गर्ने कार्यको अभ्यास, लक्षित समुदायले प्राप्त गर्ने अनुदानसहित राज्यबाट पाउने सेवासुविधाहरु, बाख्रापालनमा आउने जोखिमका विषयमा सहजीकरण गरिएको थियो । यसैगरी बाख्रापालन व्यवसायको जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनको साथै बीमाको प्रावधान, बाख्रालाई लाग्न सक्ने रोगका प्रकारहरु, रोगबाट बचाउने उपाय र विधिहरु, पोषिलो खाना तथा उत्पादनको तरिका, व्यावसायिक योजना, बजार व्यवस्थापन तथा नाफा र घाटा निकाल्ने तरिका, व्यवसाय प्रवद्र्धन र बजारीकरण, सफल व्यवसायीको स्थलगत अनुगमन, व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषय, व्यवसाय दर्ता र नवीकरणको प्रक्रिया, व्यावसायिक सहजकर्ता समयको उपलब्धता साथै समन्वयकारी भूमिका, व्यावसायिक निरन्तरता, समूह गठन व्यवस्थापन, माइन्युटलेखन तथा खातापाता सञ्चालनबारे प्रशिक्षण दिइएको छ । तालिमको मंगला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुदर्शन पौडेल, लेखा अधिकृत प्रकाश शर्मा, पशु विकास अधिकृत सगुन बराल, पशु सेवा प्राविधिक रबि विष्ट, नायव पशु स्वास्थ्य प्राविधिक विजयकुमार ठाकुर, महिला बालबालिका तथा समाजकल्याण इकाई प्रमुख अनिताकुमारी शर्मा, एम।आई।एस। अपरेटर लेखनाथ सापकोटा र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले सहजीकरण गर्नुभएको थियो । तालिम गएको आइतबार सुरु भई शनिवार सकिएको छ । तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले तालिमपश्चात् महिला दिदीबहिनीहरुले अब व्यावसायिक रुपमा बाख्रापालन गर्नुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका ज्ञान, सिपलाई पूर्णरुपले व्यवहारमा उतारेर गाउँपालिकाले सहयोग गर्ने बिऊपुँजीमा थपेर बाख्रापालन गर्न सुझाव दिनुभयो । मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले सुमदायमा पछाडि परेका महिलाहरुको उत्थान गर्न व्यावसायिक तालिम सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रममा मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालु र मंगला गाउँपालिकाको महिला बालबालिका तथा समाजकल्याण इकाई प्रमुख अनिताकुमारी शर्माले तालिमपछि बाख्रापालन सुरु गर्नुपर्ने र त्यसको गाउँपालिकामार्फत अनुगमन गरिने बताउँदै म्याग्दीमा मंगला र धवलागिरि गाउँपालिकामा यसवर्ष राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन भैरहेको बताउनुभयो । मिलन म्याग्दीका कर्मचारी राम खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी छककुमारी छन्त्यालले अनुभव सुनाउनुभएको थियो । तालिमकै अवसर पारेर बुधिकला रोका अध्यक्ष, सीतादेवी रोका उपाध्यक्ष, छककुमारी छन्त्याल सचिव, रिता थजाली रोका कोषाध्यक्ष र भूमिसरा रोका सदस्य रहेको मंगला गाउँपालिका बाख्रापालन समूह समेत गठन गरिएको छ । मंगला गाउँपालिकामा गतवर्ष पनि मिलन म्याग्दीको आयोजना तथा व्यवस्थापनमा लक्षित समूहका महिलाहरुलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम सञ्चालन भएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  २०:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP