शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कालिपुलमा हुलाकको काउन्टर स्थापना
कालिपुलमा हुलाकको काउन्टर स्थापना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख १४, २०८२
hulak -kalipul sthapana
बेनी ।जिल्ला हुलाक कार्यालय म्याग्दीले बेनी नगरपालिका –८, कालिपुल बसपार्कमा काउन्टर शाखा स्थापना गरेको छ । हुलाक सेवालाई प्रभावकारी बनाउन कालिपुल बसपार्क क्षेत्रबाट आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने गरी म्याग्दी उद्योग वाणिज्य संघले सञ्चालन गरेको पर्यटक सूचना केन्द्रमा काउन्टर स्थापना गरिएको हो । म्याग्दीबाट विभिन्न जिल्ला र छिमेकी मुस्ताङमा सरकारी चिट्ठीपत्र, कागजात, पुलिन्दा (पार्सल) लिखत लगायतका सामग्रीहरू यातायातका साधन प्रयोग गरेर पठाउन तथा सर्वसाधारणले हुलाक कार्यालयबाट टिकट खरिद तथा सबै सेवाहरू काउन्टर शाखाबाटै लिन सक्ने कार्यालय प्रमुख रमेश थापाले बताउनुभयो  । ‘‘सबै पालिकाको केन्द्रमा हुलाक कार्यालय छ,यो काउन्टरबाट पनि थप सेवा लिन सकिन्छ, अब एकैदिनमा पार्सल सम्बन्धित ब्यक्तिको हातमा पुग्ने छ ,’’ उहाँले भन्नुभयो । हुलाक सेवालाई विश्वसनीय र छिटोछरितो बनाउने उद्देश्यले कालिपुलमा स्थापना गरिएको काउन्टरलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, जिल्ला ट्राफिक कार्यालयले समेत आवश्यक सहयोग तथा समन्वय गरेको छ । बेनपा वडा नं ८ को कार्यालयले हुलाकको काउन्टरबाट सेवा लिन समेत वडाबासीलाई अनुरोध गरेको छ । हुलाक शाखा काउन्टरमा खरिदार गणेश पौडेल र हुलाकी तप्तबहादुर कार्कीको दरबन्दी रहेको छ।हुलाक निर्देशनालय पोखराले पृथ्वी राजमार्ग बस सञ्चालक समिति र जिल्ला हुलाक कार्यालयले म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालिसँग डाँक बोक्ने सम्झौता गरेपछि अब अन्य निजी कुरियर सेवाभन्दा पनि प्रभावकारी सरकारी सेवा हुने हुलाक कार्यालयका प्रमुख थापाको भनाइ छ ।यसअगाडी जिल्ला प्रशासन कार्यालयमा समेत टिकट बिक्री काउन्टर स्थापना गरिएको छ । म्याग्दीका ६ स्थानीय तहमा एक जिल्ला हुलाक र २८ अतिरिक्त हुलाक कार्यालय रहेको छ । हाल जिल्ला हुलाक सहित पालिकामा प्रमुख सहित ४० दरबन्दी र अतिरिक्त हुलाकमा ५३ जना कर्मचारी रहेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  २१:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP