शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगा पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषित (तस्बिर/भिडिओ)
रघुगंगा पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषित (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख १५, २०८२
_MG_7947
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । सोमबार पालिकाको केन्द्र मौवाफाँटमा आयोजित एक समारोहबीच रघुगंगालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ४९ जना र १६ महिनादेखि २७ महिनासम्मका १ सय ५२ जनासहित सबै बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ । बालबालिकाहरुले जन्मेदेखि २७ महिनासम्म विभिन्न प्रकारका खोपहरु पाएका छन् । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्रप्रसाद जयसवालले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् । रघुगंगा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्न यसअघि गएको चैत २७ गते ४ नम्बर वडा दग्नामबाट वडास्तरमा पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यको सुरुवात गरिएको थियो । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । बेगखोला, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानी, चिमखोला र कुईनेमङ्गलेसहित ८ वटा वडा रहेको रघुगंगामा यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि सोमबार पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । भिडिओ हेर्नुहोस्.. [embed]https://youtu.be/LJU0HuOXvL8[/embed] कार्यक्रमको अवसरमा रघुगंगा गाउँपालिकाले पूर्णखोप घोषणा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो क्षेत्रमा खटिएका ८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, ८ जना स्वास्थ्यकर्मी र ८ वटा स्वास्थ्य संस्था तथा महत्वपूर्ण सहयोग पु¥याउनुहुने पिप्ले स्वास्थ्यचौकी र झिँ स्वास्थ्यचौकीका कार्यालय सहयोगी कर्मचारीद्वय सीता खड्का सुवेदी र तेजनाथ पौडेललाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो । यसैगरी जिल्ला खोप समन्वय समितिको तर्फदेखि गाउँपालिकालाई पूर्णखोप घोषणा सुनिश्चितता तथा दिगोपना कायम राख्नको लागि प्रशंसा–पत्र समेत प्रदान गरिएको छ । पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले पूर्णखोप पालिका बनाउन खटिनुहुने सबैलाई प्रशंसासहित धन्यवादज्ञापन गर्नुभयो । उहाँले गतवर्ष जस्तै म्याग्दीलाई अहिले पनि गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रुपमा घोषणा गर्न जिल्ला खोप समन्वय समिति लागिपरेको बताउँदै यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले पूर्णखोप कार्यक्रमले औषत आयु बढाउने र बाल मृत्युदर घटाउनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले पूर्णखोप कार्यक्रमले सरुवा रोग लाग्नबाट बचाउने बताउँदै म्याग्दीमा वि।सं। २०७१ सालबाट जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न थालिएको बताउनुभयो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विभिन्न प्रकोप तथा रोगजन्य महामारीहरुबाट बच्नको लागि पूर्णखोप कार्यक्रमले रोक्ने बताउँदै स्वास्थ्य क्षेत्र तथा खोप कार्यक्रमका लागि गाउँपालिकाबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा रघुगंगा–७, चिमखोलाका वडा अध्यक्ष थकप्रसाद पाईजा, राखुपिप्ले स्वास्थ्यचौकीका प्रमुख शिवप्रसाद पाण्डे र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका यशोदा सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयसवालले पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम अहेव वीरबहादुर वलीको सञ्चालन र स्वास्थ्य शाखा सहसंयोजक देवीकुमारी रानाको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेविका र आमा समूहले नृत्य प्रस्तुत गरेका थिए । रघुगंगा गाउँपालिका जिल्लामा पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा हुनेमा चौथो पालिका बनेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २०:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP