शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कोरियामा आत्महत्या गर्न बाध्य भएका म्याग्दीका तुलसी पुन मगरका मालिक पक्राउ
कोरियामा आत्महत्या गर्न बाध्य भएका म्याग्दीका तुलसी पुन मगरका मालिक पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख १५, २०८२
Tulsi pun magar korea death-modified
काठमाडौँ । कोरियाको प्रहरीले नेपाली श्रमिक तुलसी पुन मगरलाई आत्महत्या गर्न बाध्य हुने गरी कुटपिट गर्नुका साथै श्रमिकहरुको तलब भुक्तान नगरेको अभियोगमा बंगुर फर्म मालिकलाई सोमबार (वैशाख १५ गते) पक्राउ गरेको छ । प्रवासी श्रमिक युनियन (एमटियु) र छल्लानादो प्रवासी श्रमिक मानव अधिकार सस्थाको निरन्तर दबाबपछि प्रहरीले कोरियाको छल्लानाम्दो याङामगुन स्थित नान उसङ बंगुर फार्मका मालिकलाई थप अनुसन्धान गर्न पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न एमटियु र मानव अधिकारवादी संस्थाले चैत २६ गते उजुरी दर्ता गराएका थिए । यो फर्म राजधानी सोलबाट झन्डै ३६० किलोमिटर टाढा छ । यो पनि... [embed]https://myagdinews.com/2025/02/79858/[/embed] एमटियुका अध्यक्ष उदय राईले श्रमिकमाथि भएको कुटपिट र तुलसी पुनको आत्महत्याको विषय न्यायिक निरुपणको क्रममा प्रवेश गरेको बताए । उनका अनुसार श्रम कार्यालयको अनुसन्धानबाट बंगुर फर्मका मालिकबाट २५ करोड ९० लाख वान भुक्तान नभइ श्रमिकलाई पिटेर भगाएको खुलेको छ । गत फागुन ९ गते माग्दीको मालिका गाँउपालिका–१, निस्कोटका मगर बंगुर फार्ममा आत्महत्या गरेका थिए । उनी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न ६ महिना अगाडि मात्रै कोरिया पुगेका थिए । उनका सहकर्मीहरु लालबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रुकबहादुर सिंह, सुरेन्द्र थिङ, घनश्याम घिमिरे र तुलसी पुन मगरले आफूहरूमाथि यातना भइरहेकाले बंगुर फर्मबाट बाहिर निस्कन चाहेको भिडियो सार्वजनिक गरेका थिए । त्यसको केही दिनमै मगरले आत्महत्या गरेका थिए । ‘म यहाँ आएको दुई महिना नपुग्दै चार पटक कुटाइ खाइसकेँ । एक्ला–एक्लै सीसीक्यामरा नभएको ठाउँमा लगेर कुट्छ,’ लालबहादुरले भिडियोमा अपिल गरेका थिए, ‘त्यही भएर म यो कम्पनीमा बस्न चाहन्नँ । दैनिक यातना दिन्छ ।’ भिडियोमा तुलसीले पनि आफूमाथि कुटपिट भइरहेको बताएका थिए । ‘हाम्रो समस्या एउटै हो । हामीलाई उद्धार गर्नुहोला,’ तुलसीले भनेका थिए । तर, उनी न कम्पनी छाडेर बाहिर निस्कन सके न नेपाल नै फर्कन सके । आत्महत्याको बाटो रोज्न पुगे । मगरको आत्महत्या पछि फागुन १२ गते राजधानी सोलबाट कम्पनीमा रहेका नेपाली श्रमिकका विषयमा नेपाली दूतावासका श्रम काउन्सिलर मैया कँडेल, कोरियाको आधिकारिक प्रवासी ट्रेड युनियन (एमटीयू) का अध्यक्ष उदय राई, गैरआवासीय नेपाली संघ, कोरियाका अध्यक्ष विपिनकुमार गुरुङ पुगेका थिए । उनीहरूसमक्ष पीडित श्रमिकले नेपाली सुपरभाइजर सुजन शाह र कोरियन रोजगारदाता मिलेर सीसीक्यामेराले नदेख्ने कुनामा लगेर कुट्ने, मोबाइल बोक्न नदिने, कम्पनीबाट बाहिर निस्कन नदिने गरेको भन्दै दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका थिए ।ekantipurबाट साभार 
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २१:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP