शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीकी सुवेदीलाई १ लाख ११ हजार रुपैयाँ राशीको अम्बिका देवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार
म्याग्दीकी सुवेदीलाई १ लाख ११ हजार रुपैयाँ राशीको अम्बिका देवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख १७, २०८२
binu subedi -myagdi-puraskar--
बेनी । म्याग्दीकी पत्रकार बिनु सुवेदीलाई यसवर्षको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा परम्परागत रूपमा रहेको पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न पु¥याएको योगदानको कदर गर्दै पत्रकार सुवेदीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । सुवेदीलाई प्रदान गरिने उत्तः पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानको तर्फबाट अध्यक्ष गंगाप्रसाद ओलीले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा ‘महिलाको विषय नमानिने, असहज र जोखिमपूर्ण राजनीतिक बिटको पत्रकारितामा सुवेदीले पु¥याएको योगदानको सम्मान गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका- ३, मौवाफाँटमा जन्मनुभएकी सुवेदी २ दशकदेखि पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । विधागत विज्ञहरूको पुरस्कार निर्णायक मण्डलबाट प्राप्त सिफारिस तथा संस्थाको निर्णयका आधारमा पुरस्कृत व्यक्तित्वहरुको छनौट गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिनिधिसभाका उप–सभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा नेपाल पर्यटन बोर्डको सभाकक्ष प्रदर्शनी मार्गमा २० वैशाख २०८२ मा एक समारोहका बीच पुरस्कार समर्पण तथा सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।  
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १०:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP