शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • फिल्म ‘माइतीघर’को छायांकन म्याग्दीको ताकम गाउँबाट सुरु
फिल्म ‘माइतीघर’को छायांकन म्याग्दीको ताकम गाउँबाट सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख १८, २०८२
photo main movie_thum-maitighar
ताकम । म्याग्दीको रमणीय गाउँ ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको हो । छायांकन थलो धवलागिरी गाउँपालिका– ७ ,स्थित सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दिन ताकम र धारापानी गाउँमा छायांकन हुनेछ भने दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुने निर्माता रोहित अधिकारीले बताउनुभयो। पहिलोपटक गाउँमा फिल्म छायांकन हुन लागेको र आफूहरू खुसी भएको धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो। ‘रुकुम मैकोटले जसरी रुकुमको पर्यटन प्रवर्धन भयो, यसैगरि यो फिल्मले हाम्रो गाउँपालिकाको पर्यटन प्रवर्धन हुने आशा लिएका छौं,’ गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो।छायांकनको लागि गाउँपालिकाले सुरक्षा र व्यवस्थापनमा सघाउने पुनले जनाउनुभयो । ‘फिल्मकै कारण आन्तरिक र बाह्य पर्यटक आउने हाम्रो आशा छ । छायांकनको लागि हामीले सहयोगको प्रतिबद्धता पनि जनाएका छौं’, अध्यक्ष पुनले भन्नुभयो। गाउँपालिका अध्यक्ष पुनले क्ल्याप र वडाध्यक्ष अशोक खत्रीले नरिवल फोडेर छायांकन शुभारम्भ गर्नुभयो । धौलागिरी हिमश्रृंखलाको मनमोहक दृश्य देखिने ताकम क्षेत्र पश्चिम म्याग्दीको प्रसिद्ध पर्यटकीय थलो हो । उचित प्रसारप्रसार हुन सके फिल्म पर्यटन मौलाउने आशा स्थानीय जनप्रतिनिधिको छ ।फिल्मको टोलीलाई गाउँमा स्थानीयले गाजाबाजा र नाचगानसहित स्वागत गरे । यसअघि छ माया छपक्कै, गाजलु र फर्की फर्कीजस्ता हिट फिल्म निर्माण गरेका अधिकारीको यो चौंथो प्रोेजेक्ट हो । यो फिल्ममा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ । मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायांकन सुसन प्रजापतिले गर्नुहुनेछ। रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा यो फिल्मको निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । प्रदर्शन मिति दशैंको फूलपातिलाई तय गरिएको छ ।  
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २१:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP