शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दिलदार बिमबासी : गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित अक्षयकोषलाई जुटाए २ करोड २४ लाख रुपैयाँ बढी (तस्बिरहरु)
दिलदार बिमबासी : गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित अक्षयकोषलाई जुटाए २ करोड २४ लाख रुपैयाँ बढी (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख १९, २०८२
Screenshot1
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित  किसानी सञ्जीवनी अक्षयकोषमा दुई करोड २४ लाख रुपैयाँ बढी रकम जुटेको छ ।बिमबासीको पहलमा सञ्चालित अभियानको सात महिनाको अवधिमा १ करोड ४८ लाख ८१ हजार ४४९ रुपैयाँ, धौलागिरी कालिका जलविद्युत, अपर म्याग्दी जलविद्युतबाट ४० लाख, गाउँमा सञ्चालित आर्थिक संकलन अभियानबाट ३२ लाख ८५ हजार ६९८ रुपैयाँ र अभियानको अन्त्यमा प्राप्त थप २ लाख ५९ हजार ९९९ रुपैयाँ गरी कुल २ करोड २४ लाख २७ हजार १४६ रुपैयाँ संकलन भएको किसानी सञ्जीवनी अक्षयकोषका संयोजक कृष्ण प्रसाद जुग्जालीले बताउनुभयो । ‘यहाँ अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पु¥याउने उद्धेश्यले स्थापना भएको अक्षयकोषमा हालसम्म दुई करोड २४ लाख २७ हजार बढी रकम संकलन भएको छ । सहयोग आउने क्रम पनि जारी छ ,’अक्षयकोषका संयोजक  समाजसेवी जुग्जालीले भन्नुभयो ,‘देश तथा विदेशमा रहेका दिलदार गाउँबासीबाट प्राप्त साथ र सहयोगको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ गत बर्षको कात्तिक १२ गतेबाट सुरु भएको अभियानको बिहिबार एक समारोहका सार्वजनिक गरिएको छ । विद्यालयको हीरक जयन्ती तथा किसानी सञ्जीवनी अक्षयकोष शुभारम्भ एवं सम्मान कार्यक्रमको गाउँका पूर्व प्रधानपञ्च रत्नप्रसाद पुनले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । उहाँले नयाँ पुस्ताले विद्यालयलाई गरेको योगदानबाट निकै उत्साहित भएको बताउनुभयो । प्रमुख अतिथि पुनले बि.स २०२७ सालदेखि निरन्तर विद्यालयको शैक्षिक, भौतिक अभियानमा सँगै रहेको बताउँदै कोषलाई लक्ष्य अनुसार नै प्रयोग गर्ने नयाँ पुस्ताको सक्रियता आवश्यक रहेको बताउनुभयो । ‘हाम्रो पुस्ताले विद्यालय बनाएर यहाँसम्म ल्याएको छ, अब नयाँ पुस्ताले यसलाई संरक्षण गदैं अगाडी बढाउनुपर्छ, बाँचुन्जेल मेरो योगदान सधै हुन्छ ,’ प्रमुख अतिथि पुनले भन्नुभयो । कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले विद्यार्थीलाई आयआर्जनसँग जोड्ने शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले पालिका भित्र उत्पादनमा आधारित शिक्षाका लागि बजेटमार्फत सम्बोधन गरिने बताउनुभयो । कार्यक्रममा स्थानीय समाजसेवी पूर्व प्रधानपञ्च कदबहादुर जुग्जाली, गर्फे जुग्जाली, पलबिर जुग्जाली, झकप्रसाद पाईजाले किसानी सञ्जीवनी अक्षयकोषका सहयोगदाताको विवरण सहितको पुस्तकको विमोचन गर्नुभएको थियो । विद्यालयमा स्थापित कोषमा गाउँका अति विपन्नले ५० रुपैयाँ देखि अक्षयकोषका संयोजक कृष्ण प्रसाद जुग्जाली र दाजु दल जुग्जालीको परिवारबाट ११ लाख १२ हजार ५५५ रुपैयाँ,अमेरिकामा बस्नुहुने बिम गाउँका बिजय जुग्जालीले ११ लाख ११ हजार १११ रुपैयाँ, हङकङमा रहनुभएका दल शेरपुञ्जाबाट ६ लाख सहित ५७८ जनाले सहयोग गर्नुभएको किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले बताउनुभयो । उहाँका अनुसार ,केहीले खाद्यान्न बेचेर पनि सहयोग गर्नुभएको छ ।  व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान,पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा बि.स २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पढाइ सुरु भएको थियो। हाल यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । अक्षय कोषका सहयोगदातालाई सम्मान कार्यक्रममा मालिका गापाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल,वडा अध्यक्ष टक बहादुर पुन ,स्थानीय समाजसेवी छकप्रसाद पाईजा, अक्षयकोषका संयोजक कृष्ण प्रसाद जुग्जालीले मन्तब्य राख्नुभएको थियो । अध्यक्ष कलीप्रसाद जुग्जालीको अध्यक्षता, प्राचार्य जंगबहादुर गर्बुजा, शिक्षक सुरमन गर्बुजाको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच  विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित नृत्य प्रतियोगितामा बेनीको माउण्ट एभरेष्ट आवासीय मावि प्रथम, गलेश्वर मावी तोरिपानी द्धितिय, बावियाचौरको डनिङ आवासीय मावि तृतिय भएका थिए । प्रथम, द्धितिय र तृतियले क्रमश २५ हजार, १५ हजार, ५ हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको कृषि प्राविधिक शिक्षालयका शिक्षक विष्णु सुबेदीले जानकारी दिनुभयो । १० टिमको सहभागिता रहेको प्रतियोगितामा ५ समुहलाई प्रति समुह २५ सय रुपैयाँ सान्त्वना पुरस्कार वितरण गरिएको थियो ।अक्षयकोषमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिनेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ००:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP