शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा म्याग्दीका पत्रकारलाई १० लाखको दुर्घटना बिमा
विश्व प्रेस स्वतन्त्रता दिवसमा म्याग्दीका पत्रकारलाई १० लाखको दुर्घटना बिमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख २०, २०८२
Myagdi journalist insurance and donation handover (4)
म्याग्दी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि १० लाख रुपियाँ बराबरको दुर्घटना बिमा हस्तान्तरण गरेको छ । शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशील २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याम खड्काले पत्रकारलाई दुर्घटना बिमा हस्तान्तरण गर्नुभएको थियो । तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बिमा गरिएको छ । दुर्घटना बिमाका लागि शिखर इन्स्योरेन्ससँग सम्झौता गरिएको छ । यो योजनाअन्तर्गत पत्रकारहरू कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेसागत कार्यका क्रममा दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि १० लाख रुपियाँसम्म र घाइते भएमा उपचारका लागि एक लाख रुपियाँसम्मको लाभ प्रदान गरिने छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष पौडेलले पत्रकारको पेसागत सुरक्षाका लागि नयाँ कार्यसमितिका कार्यहरू प्रशंसनीय भएको बताउनुभयो । यसैबिच मिर्गौला रोगबाट ग्रसित म्याग्दीकाली एफएमका कार्यरत सञ्चारकर्मी दिपा बुढाथोकीकी आमा लीला पुनको उपचारका लागि पत्रकार महासङ्घको आपतकालीन कोषबाट ३२ हजार ५ सय सहयोग हस्तान्तरण गरिएको कोषाध्यक्ष साधन राम्जालीले जानकारी दिनुभयो । पत्रकार महासङ्घले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरूका साथै परिवारका सदस्य वा कुनै समस्या परेमा कोषमार्फत सहयोग गर्ने छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता गौतम, स्वागत उपाध्यक्ष दलप्रसाद विश्वकर्मा र सञ्चालन सचिव ठाकुरप्रसाद आचार्यले गर्नुभएको थियो । म्याग्दी शाखाले हालसम्म नयाँ पत्रकार उत्पादन र पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि पत्रकारिता पाठशालामार्फत तालिम, सूचना तथा प्रसार विभागबाट प्रेस कार्डसहित घुम्ती शिविर, स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता, हिमाली जिल्लाअन्तर्गत म्याग्दीका सञ्चार माध्यमहरूलाई सुविधाको मागसहित विभिन्न कार्यक्रमहरू गरेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  २२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP