शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • आहा !‘भाले बास्ने’ताल , पर्यटकीय गन्तव्य बनाउन जुटे स्थानीय (फोटोफिचर)
आहा !‘भाले बास्ने’ताल , पर्यटकीय गन्तव्य बनाउन जुटे स्थानीय (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख २३, २०८२
IMG_8660
म्याग्दी। शिरमा प्रसिद्ध धार्मिक स्थल मालिका धुरी । वरिपरी घना जंगल र केही ग्रामीण बस्ती । दुखुलेकबाट छङछङ गर्दै झरिरहेको छ सुन्दर झरना । यहि आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालको नाम हो ‘भाले बास्ने’ ताल । लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकहरुमा सोधिने भाले बास्ने ताल कुन जिल्लामा पर्दछ ? भन्ने प्रश्नको उत्तर आउँछ ‘म्याग्दी जिल्ला’ । राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा परिचित ऐतिहासिक ताल मालिका गाउँपालिका –६,दुखुबेँशीमा अवस्थित ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिका र स्थानीयबासी जुटेका छन् । यो मालिका र मंगला गाउँपालिकाको सिमाना समेत हो ।   दुई शताब्दी अघिको किंवदन्ती अनुसार ,दुखु गाउँका ९ भाइमध्ये एक भाइ लाहुरबाट घर फर्किदा भरिया लिएर उक्त तालको बाटो हुँदै जानुभएछ । ताल नजिकै उखु र सुन्तलाबारी सहित एउटा उज्यालो घर देखिएछ । त्यही घरमा राती विश्राम गर्नुभएछ । बिहानै कुखराको भालेको आवाजले विउझिँदा ति व्यक्ति र उहाँका भरिया ढुङ्गामा सुतेको अवस्थामा आफूलाई पाउनुभएछ । आफ्नो भाकल र पूजाआजा गर्न गएका ति व्यक्ति र भरिया डरले भागेर गाउँमा आउनुभएछ र गाउँलेहरुलाई उक्त घटना सुनाउनुभएछ । उक्त घटनाकै आधारमा तालको नामकरण गरिएको दुखुबेँसीका ७१ वर्षिय लालप्रसाद पुनले बताउनुभयो । ति व्यक्ति तालबाट फर्किएपछि लामो समयसम्म बली लिएर पूजा गर्ने गरेको भनाइ समेत छ । यस ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वासका कारण नजिकैको भाले बास्ने मन्दिरमा हरेक वर्ष स्थानीयले पुजाआजा गर्नेगर्दछन् । धामीझाँक्रीले तालमा स्नान गरेर मन्दिरमा पूजाआजा गर्ने र आफ्नो शक्ति प्राप्तिका लागि साँढेको बली दिने गर्दछन् । भने गाउँमा लामो समयसम्म खडेरी प¥यो भने पानी माग्न महिलाहरु पुरुषको वस्त्र धारण गरेर यस तालमा स्नान र मन्दिरमा पुजा गरेपछि पानी पर्ने विश्वास रहेको पुनले बताउनुभयो । यो तालमा अझै पनि बिहान बिहानै कुखुराको भाले बास्छ भन्ने विश्वास स्थानीयलाई छ । पदमार्ग निर्माण र मन्दिर पुनर्निमाण भएपछि सहज प्रचुर पर्यटकीय सम्भावना भएपनि प्रचारप्रसार र पुर्वाधार निर्माण नहुँदा ओझेलमा परेको  तालसम्म पुग्न मालिका गाउँपालिकाले पदमार्ग सहित पुर्वाधार निर्माण गरेको छ । भने स्थानीय पनि यो तालको प्रचारप्रसार र प्रवद्र्धनमा जुटेका छन् । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आर्थिक वर्ष २०७७/०७८ देखि गत वर्षसम्म ताल सम्म पुग्न दुखुबेँसी गाउँदेखि १५ लाख रुपैयाँ लागतमा करिब दुई किलोमिटर ढुङ्गाको सिँढीसहित पदमार्ग निर्माण गरेको छ । भने चालु आर्थिक वर्षमा चाल लाख रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माण गरिएको पदमार्ग र मन्दिर पुर्ननिर्माण उपभोक्ता समिति अध्यक्ष गङ्ग रोकाले जानकारी दिनुभयो । उक्त मन्दिरको मङ्गलबार एक कार्यक्रमका विच दुखुबेँसीका ज्येष्ठ नागरिक पथनारायण रोकाले उद्घाटन गर्नुभयो । साथै पुजाआजा समेत गरिएको छ । पदमार्ग निर्माण र मन्दिर पुनर्निर्माण भएपछि यात्रा गर्न र पुजाआजा गर्न सहज भएको अध्यक्ष रोकाले बताउनुभयो । पहिले पुजाआजा र ताल हेर्न जान कठिन यात्रा गर्नुपर्दथ्यो । निवर्तमान वडा अध्यक्ष सन्तोष सुवेदीले आफ्नो कार्यकालमा पदमार्ग निर्माण सुरु गरिएको बताउनुभयो । थप पुर्वाधार निर्माण र प्रचारप्रसार गरेर ताललाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने स्थानीय राज जुग्जाली मगर र जङ्गप्रसाद बिकले जोड दिनुभयो । ताल क्षेत्रमा थप पुर्वाधार निर्माण गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकेमा स्थानीयले ठुलो लाभ लिन सकिने उहाँहरुको भनाइ छ । ‘यो ताल एक ऐतिहासिक स्थल हो । यसको संरक्षण ,थप पुर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन सबै लाग्नुपर्छ,’ उहाँहरुले भन्नुभयो । केही वर्ष पहिले दुखु खोलामा आएको बाढीले पुरिएर साँघुरिएर सानो बन्दै गएको र कठिन भुगोलका कारण अहिले मुस्किलले तालको सानो भाग मात्र देख्न सकिने लालप्रसाद पुनले बताउनुभयो । ‘केही वर्ष पहिले दुखुखोलामा आएको बाढीका कारण तालको संरचना साँघुरिएर सानो बन्दै गएको छ । यसको संरक्षणमा हामी सबैले ध्यान दिन आवश्यक छ ,’ स्थानीय युवा सौगात गुरुङले भन्नुभयो । तालको संरक्षण गरेर यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको वडा अध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।सहस्रधारा, दुखुबेसी, दरुङ गाउँबाट यो ताल पुग्न सकिन्छ । भने पैदलमार्फत करिब ४५ मिनेटमा यो तालमा पुग्न सकिन्छ ।मंगलबार आयोजित उद्घाटन तथा पुजाआजा कार्यक्रममा स्थानीय आमा समुह ,क्लब लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  २२:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP