शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ७ सयबढी लाभान्वित , ७४ जनामा मोतियाविन्दुको शल्यक्रिया
दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ७ सयबढी लाभान्वित , ७४ जनामा मोतियाविन्दुको शल्यक्रिया
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख २४, २०८२
Messenger_creation_672E97D3-C84A-4A93-842C-E8F2DA0E3558
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ७ सयजना भन्दाबढी बिरामी तथा सर्वसाधारणहरु लाभान्वित भएका छन् । ग्रामीण भेगका सर्वसाधारण, बिरामीहरुलाई लक्षित गरी गाउँपालिकाको केन्द्रमा सञ्चालन गरिएको शिविरबाट कुल ७ सय १४ जना प्रत्यक्ष लाभान्वित भएका हुन् । सोमबारदेखि सुरु भएर बुधवार सम्पन्न शिविरमा महिला ४ सय ५३ जना पुरुष २ सय ६१ जनाले आँखा परीक्षण गराएर आवश्यक उपचार तथा परामर्श सुविधा लिएका छन् । यसैगरी शिविरमा ५२ जना महिला र २२ जना पुरुषसहित कुल ७४ जनामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा आँखा परीक्षण गर्न आएका सर्वसाधारण तथा बिरामीहरुलाई निःशुल्क रुपमा औषधी र चस्मा वितरण गरिएको थियो । शिविरको समापन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले विभिन्न संघसंस्थाको सहकार्य तथा समन्वयमा सर्वसाधारणहरुलाई आँखा उपचार सम्बन्धी सुविधा प्रदान गर्न गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले तीन दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शिविर सफल बनाउन खट्नुहुने प्राविधिक टोलीसहित संघसंस्थाहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गाउँपालिकामार्फत यस्ता रचनात्मक क्रियाकलापहरु सञ्चालनमा जोड दिइने बताउनुभयो । मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले वर्षमा आयोजना हुने एक दुईवटा शिविरले दीर्घकालीन समाधान नभए पनि स्थानीयवासीहरुको स्वास्थ्य समस्याको पहिचान गरी आवश्यक योजना तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पु¥याउने बताउनुभयो । आँखा सम्बन्धी स्वास्थ्य शिविर लोककल्याणकारी कार्यक्रम भएको भन्दै उहाँले गाउँपालिकामार्फत आउँदा दिनहरुमा पनि यस्ता शिविरहरु आयोजना गरिने बताउनुभयो । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले समुदायस्तरमा लुकेर रहेको अन्धोपन निवारण गर्न नेत्रज्योति संघमार्फत निःशुल्क रुपमा आँखाको स्क्रिनिङ क्याम्प र मोतियाविन्दुको शल्यक्रियालगायत कार्यक्रम सञ्चालनको पहल गरिएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सभापति भीमप्रसाद गौतम (जीवन) र अपर म्याग्दी हाईड्रोपावर लिमिटेडका वरिष्ठ सुरक्षा अधिकृत सुरेश घलेले रेडक्रस तथा हाईड्रोपावरमार्फत समुदायमा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्ने गरिएको बताउनुभयो । आँखा शिविर कार्यक्रमको समापनसत्र मालिका गाउँपालिकाका उपाध्यक्ष घर्तीमगरको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । शिविर सञ्चालनमा सहयोग गर्ने विभिन्न संघसंस्था, आँखाको उपचारमा खटिने स्वास्थ्यकर्मीको टोली, स्वयंसेवा गर्ने विद्यालय, व्यक्ति र स्थानीयलाई प्रशंसापत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शिविर सञ्चालन गरिएको हो । रेडक्रस दरबाङ उपशाखाको व्यवस्थापन र अपर म्याग्दी हाईड्रोपावर लिमिटेड मुख्य प्रायोजक रहेको यस शिविरको रेड्ली आई फाउण्डेसनले मोतियाविन्दुको शल्यक्रियाका लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो । शिविरमा हिमालयन आँखा अस्पताल, दरबाङ आधारभूत अस्पताल, मालिका गाउँपालिका, आँखा उपचार केन्द्र बेनी र दरबाङबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बिरामीहरुको आँखा चेकजाँच गर्नुका साथै उपचार एवं परामर्श सेवा उपलब्ध गराएका थिए । शिविरमा मालिका गाउँपालिकासहित धवलागिरि, मालिका, बेनी नगरपालिका र पर्वतको मल्लाजबाट समेत सर्वसाधारण, बिरामीहरुले उपचार सेवा लिएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  २२:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP