शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाउने तयारी
अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाउने तयारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख २८, २०८२
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाउने तयारी गरिएको छ ।आगामी जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पूरा हुँदै छ । सन् १९५० जुन ३ का दिन अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला परेको थियो । हिमाल आरोहणको गौरवमय इतिहास भएको अन्नपूर्णमा यसपाली हीरक महोत्सव मनाउन लागिएको हो । अन्नपूर्ण गाउँपालिकाले विविध कार्यक्रमहरूको आयोजना गरेर हीरक महोत्सव मनाउने तयारी थालेको छ । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको छ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो, ‘‘हीरक महोत्सव मार्फत अन्नपूर्ण हिमालको विश्वव्यापी रूपमा प्रचारप्रसार गरेर गौरवपूर्ण इतिहास भएको अन्नपूर्णमा पर्यटक भित्र्याउने हाम्रो उद्देश्य छ ।’’गाउँपालिका अध्यक्ष पुनको संयोजकत्वमा हीरक महोत्सव मुल समारोह समिति गठन गरी महोत्सवको तयारी थालेको छ । आगामी जेठ १६–२२ सम्म विभिन्न कार्यक्रमका साथमा अन्नपूर्ण हीरक महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाइमा अन्नपूर्ण हीरक महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो । महोत्सवले अन्नपूर्णको प्रचारप्रसार गरी पर्यटन प्रवर्धनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । म्याग्दीको दाना हुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरी साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरानमा पर्ने हुमखोला देखि भुस्केटमेला हुँदै आरोहीहरू अन्नपूर्ण प्रथम हिमाल पुगेका थिए ।हिरक महोत्सवको असवरमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम समेत रहेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा अन्नपूर्ण हीरक महोत्सव मुल समारोह समितिका सदस्य तेजबहादुर गुरुङले बताउनुभयो । महोत्सवका अवसरमा आधार शिविर सम्म पदयात्रा, ऐतिहासिक हिमाली उपकरण हस्तान्तरण, पुस्तक विमोचन, पुर्ख्यौली नृत्य प्रस्तुती, म्याराथन प्रतियोगिता, शालिक अनावरण र खुला सङ्ग्रहालय उद्घाटन लगायतका कार्यक्रमहरू आयोजना गरिने भएको छ ।पहिलो आरोही मौरिस हर्जोगको श्रीमती र छोरा माथिएस हर्जोगसहित अन्य आरोहीहरू समेतलाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो । आधार शिविरमा राखिएको पहिलो आरोहीहरूको अर्धकदको शालिक समेत प्रधानमन्त्री ओलीबाट अनावरण गर्ने कार्यक्रम तय भएको अन्नपूर्ण हीरक महोत्सव मुल आयोजक समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । अध्यक्ष पुनले भन्नुभयो,‘‘म्याग्दीको भूगोलमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आरोहण दिवस भव्य कार्यक्रमका साथमा आधार शिविरमा पुगेर मनाउँदै छौं । जेठो हिमाल समेत रहेको अन्नपूर्णलाई देश तथा विदेशमा प्रचारप्रसार गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ प्रधानमन्त्री,मौरिस हर्जोगको ८१ वर्षीय श्रीमती,छोरा माथिएस हर्जोग, कम्तीमा दश जना आरोही, फ्रेन्च पत्रकार, विशिष्ट व्यक्तिहरू सहितको टोलीलाई आधार शिविरमा पुर्‍याउने तयारी छ ।’’ उक्त दिन प्रधानमन्त्री ओलीबाट मौरिस हर्जोगले अङ्ग्रेजीमा लेखेको ‘द अन्नपूर्ण’ लाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको किताबको विमोचन गरिने पदमार्गका अभियान्ता तथा अन्नपूर्ण हीरक महोत्सव मुल समारोह समितिका सदस्य गुरुङले बताउनुभयो । पर्यटकको सहजताका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मको विभिन्न स्थानहरूमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधासहितका होटल सञ्चालन ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ । हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी र शौचालय निर्माणको काम अघि बढेको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।    
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०९:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP