शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
Uncategorized
  • गृहपृष्ठ
  • आन्द्राको रोगबाट पीडित घर्तीको उपचारमा अमेरीकाबाट साढे दुई लाख सहयोग
आन्द्राको रोगबाट पीडित घर्तीको उपचारमा अमेरीकाबाट साढे दुई लाख सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख २९, २०८२
IMG_8872
बेनी । वैदेशिक रोजगारका सिलसिलामा अमेरीकामा रहेका म्याग्देलीहरुले आन्द्राको रोगबाट पीडित एक पुरुषलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँका ३८ वर्षीय पूर्वराज घर्ती मगरलाई उपचारका लागि अमेरिकामा रहनुभएका समाजसेवीद्वय बिरेन्द्र किसान र दिनेश पुनको पहलमा संकलित दुई लाख ५० हजार ६८१ रुपैयाँ आर्थिक सहयोग गरिएको किसानले जानकारी दिनुभयो । उक्त रकम आइतबार  बिरामीको घरमै पुगेर एक कार्यक्रमका बीच पत्रकार धनिलाल गर्बुजाले घर्ती मगर र उहाँको परिवारलाई हस्तान्तरण गर्नुभयो। सहयोग रकम ग्रहण गर्दै घर्ती मगरले सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफ्नो रोग जतिल र  खर्तिलो भएकोले थप उपचारका लागि देशबिदेशमा रहेका विभिन्न संघसंस्था लगायत सम्पूर्णलाई आर्थिक सहयोग गर्न अपिल समेत गर्नुभएको छ । बेनी नगरपालिका–७, मंगलघाटमा अस्थायी रूपमा भाडामा बस्दै आउनुभएका घर्ती विगत तीन महिना अगाडी बैदेशिक रोजगारीका लागि युएई पुगे लगत्तै कार्य क्षेत्रमा प्रवेश गर्न नपाउँदै पेटमा समस्या आएपछी युएई स्थित SSMC अस्पतालमा २ महिना उपचार पश्चात नेपाल आएको उहाँले जानकारी दिनुभयो "Intestine Obetration" रोगबाट ग्रसित घर्ती मगर हाल पाटन अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको आन्द्रामा प्वाल परेको र दिशामा समस्या भएकोले पेट बाहिर किड ब्याकमा राखिएको छ । युएईको अस्पतालमा उपचार गरेको रिपोर्ट नभएकोले सुरुबाटै चेक जाँच गरेर रिपोर्ट आएपछि मात्रै आन्द्रा भित्र राख्न मिल्ने वा नमिल्ने थाहा हुने अस्पतालले जनाएको छ  । दुख पीडामा परेको खबर प्राप्त हुनासाथ अमेरकिामा रहेका दाजुभाइ दिदीबहीनीहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले पीडितहरुलाई सहयोग गर्न सकिएको समाजसेवी दिनेश पुनले बताउनुभयो । समाजसेवीद्वय किसान र पुनले आफुहरुको पहलमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्तगर्नुभएको छ । पछिल्लो समय भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथै म्याग्दीको शिक्षा, स्वास्थ्य, खानेपानी र सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएका छन्  । सहयोग गर्न इच्छुक सहयोगीहरुले निम्न ठेगनामा सम्पर्क गरी सहयोग गर्न सक्नुहुने छ । Purbaraj Gharti Magar A/c 04807010059997 Global IME Bank मोबाइल नम्बर 9866350563
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १९:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP