शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकाद्धारा आयोजित पुर्ख्यौली नाच प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम
धवलागिरी गाउँपालिकाद्धारा आयोजित पुर्ख्यौली नाच प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ ३, २०८२
muna nach samuha
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकामा पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकाको आयोजनामा शनिबार गाउँपालिका केन्द्र मुनामा सम्पन्न पुर्ख्यौली नृत्य प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम भएको छ । गाउँपालिका वडा नम्बर ३का वडा अध्यक्ष एवं गाउँपालिका प्रवत्ता देवेन्द्र रोकाका अनुसार , मुदी पुर्ख्यौली नाच समुह द्वितीय , खिबाङ पुर्ख्यौली नाच समुह तृतिय तथा ताकमको धार्मिक नाच र काफलडाँडा पुर्ख्यौली नाच समुह सान्त्वना भएका छन् । प्रतियोगितामा पाँच नाच समुहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम मुनाले नगद २५ हजार, दोस्रो मुदीले २० हजार, तृतीय खिबाङले १५ र सान्त्वना हुने दुवै समुहले १०/१० हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पारेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो । संस्कृतिको संरक्षण, स्थानीय कलाकारहरूलाई प्रोत्साहन र समाजमा मौलिक कला संस्कृतिको बारेमा चेतना जगाउने उद्देश्यले पालिकाले पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । मगर तथा छन्त्याल समुदायको मौलिक कला संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचको संरक्षण र प्रचारप्रसार र नयाँ पुस्तामा कला संस्कृतिको पुस्तान्तरणमा प्रतियोगिताले टेवा पुर्‍याउने गाउँपालिका अध्यक्ष पुनले विश्वास व्यक्त गर्नुभयो । पुर्ख्यौली नाच पुन मगर समुदायमा मौलिक संस्कृतिका रूपमा रहेको छ । पछिल्लो समय पुर्ख्यौली नाच युवा पुस्ताले अगाडि बढाउन नसक्दा संस्कृतिनै लोप हुने जोखिम बढेकाले गाउँपालिकाले पुर्ख्यौली नाचको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता रोकाले स्थानीय स्तरमा पुर्ख्यौली संस्कृति र कलाको संरक्षण तथा प्रवर्द्धनमा यस्ता प्रतियोगिताहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पुन ,उपाध्यक्ष पुन ,प्रमुख प्रशासकीय अधिकृत अर्याल ,वडा अध्यक्ष एवं प्रवक्ता रोका लगायतले विजेता ,उपविजेता ,तृतिय र सान्त्वना नाच समुहलाई पुरस्कार वितरण गर्नुभएको थियो ।    
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  २०:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP