शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ढोरपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा
ढोरपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ ६, २०८२
IMG_9260
बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ । सोमबार प्रदेश सभा (ख)अन्तर्गत धवलागिरी ,मालिका ,मंगला र तातोपानी कुण्ड लगायत विभिन्न ठाउँमा आयोजित बधाई तथा शुभकामना सहित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको हो । काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक छोटो दूरीको हो। ‘मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको दरबाङ–मुना–ढोरपाटन–पुर्वी रुकुम जोड्ने सडक आयोजना पश्चिम म्याग्दीको लाइफ लाइन हो । समृद्धिको आधार पनि हो ,’कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले भन्नुभयो ,‘ संघ र प्रदेश सरकारको साझेदारीमा यो आर्थिक वर्षभित्र जोड्ने लक्ष्यका साथ निर्माण भइरहेको मुनादेखि ढोरपाटन जोड्ने सडक आयोजना अन्तिम चरणमा पुगेको छ । भने दरबाङदेखि मुना सम्म कालोपत्र गर्न लागि १०–१२ दिन भित्र एक अर्बको ठेक्का आह्वान हुँदैछ । यो आयोजना निर्माण भएपछि म्याग्दी सहित बागलुङ ,पुर्वी रुकुमका साथै डोल्पाली नागरिकको समेत जीवनस्तर उकास्न ठुलो सहयोग पु¥याउँछ । ’ यो सडक आयोजा निर्माणका लागि आफुले  सम्बन्धीत मन्त्रालय ,निकायमा दौडधुप र पटकपटक संसदमा समेत आवाज उठाएको बताउनुभयो ।आगामी वर्षमा म्याग्दीदेखि डोल्पा जोड्ने उहाँले बताउनुभयो । केही विकास भएन भनेर निराश नहुन आग्रह गर्दै उहाँले भन्नुभयो,‘हामी निर्वाचित भएर आएपछि जिल्लाकै दुर्गम गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा छ । अन्य ठुला सडक खानेपानी ,सिंचाइ लगायत पुर्वाधार विकासका कामहरु धमाधम भइरहेका छन् ,’उहाँले थप्नुभयो । यसैगरी उहाँले जिल्लाभित्र निर्माणाधिन जलविद्युत आयोजना बनेपछि जिल्ला र देशलाई ठुलो आर्थिक सहयोग पुग्ने बताउँदै समयमै सम्पन्न गर्नका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री गर्बुजाले नदी कटान र बाढीका कारण हुने क्षती रोक्न नदी कटानको उच्च जोखिममा रहेका दरबाङ,तातोपानी बजार,बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रणका आयोजना निर्माण भइरहेको र आगामी आर्थिक वर्षमा थप आयोजना संचालन हुने बताउनुभयो । धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै थप विकास आयोजना ल्याउन र साझेदारीमा निर्माणाधिन योजनालाई बजेट पठाउन सहयोग गर्न आग्रह गर्नुभएको थियो । राज्यमन्त्री संगै मन्त्रालय अन्तर्गत सिंचाइ विभागका डिडिजी सन्तोष कैनी ,सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख विदुर श्रेष्ठ लगायतले सहभागि हुनुहुन्थ्यो । धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन ,मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन ,मंगला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा ,संविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,कांग्रेस म्यादीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी ,कांग्रेस प्रदेशसभा (ख) कार्यसमिति सभापति टंकप्रसाद पुन लगायत स्थानीय नेता तथा कर्यकर्ता लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०७:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP