शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राज्यमन्त्री गर्बुजाद्धारा अन्नपूर्णमा जनभेटघाट, विकास योजना अनुगमन
राज्यमन्त्री गर्बुजाद्धारा अन्नपूर्णमा जनभेटघाट, विकास योजना अनुगमन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ ६, २०८२
khambir ka
म्याग्दी ।नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार जनभेटघाट तथा विकास योजनाहरु अनुगमन गर्नुभएको छ । अन्नपपूर्ण गाउँपालिका, वडा नं.३ दाना, वडा नं.४ चारच्याङको गाडपारमा आयोजना गरिएको बधाई तथा शुभकामना र सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री गर्बुजाले जनताको आवश्यकताका आधार योजना बनाउन र जनताको गुनासो र सुझावहरु संकलन गर्न आफु जिल्लाको विभिन्न बस्तीहरुमा आएको बताउनुभयो । दानामा बोल्दै राज्यमन्त्री गर्बुजाले दानाका स्थानीयले राखेका वस्ती संरक्षण, खानेपानी र सडक निर्माण जस्ता योजनाहरुलाई अव आउने आर्थिक बर्षमा तत्काल आवश्यक भएका योजनाहरुमा बजेट आउने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाको सभाहल पोखरेबगरमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका समेत रहनुभएका मन्त्री गर्बुजाले पर्यटनको विकासमा आफुले सक्ने सहयोग गर्ने बताउनुभयो । ‘उहाँले वडा नं. ५ र पालिका जोड्ने सडक स्तोरोन्ती, घोडेपानी जाने सडकमा भएको सास्ती संगै पालिका भित्रका बस्ती संरक्षण र खानेपानी, अहिले सम्म विद्युत नपुगेको बस्तीहरुमा विद्युत पुराउने गरी बजेट व्यवस्थापन गर्नेछु ।’ मन्त्री गर्बुजाले भन्नुभयो ‘यस पालिका धेरै जलविद्युतका आयोजनाहरु छन् ती आयोजनाहरुले स्थानीय प्रभावित क्षेत्रमा गर्नुपर्ने कामहरु नगरेको गुनासो आएको बताउदै ति समस्याको बारेमा तत्काल समाधन हुने गरी काम गर्नेछु ।’ यसैबिच रघुगंगाको गाउँपालिका–३, राहुघाटको अम्वाङमा बन्न लागेको डाडाखेत सवस्टेशनको अनुगमन गर्दै मन्त्री गर्बुजाले सव स्टेशन निर्माण कार्य समयमा नै सक्क निर्देशन दिनुभएको छ । उहाँले आयोजना प्रमुख रोशन अग्रवाललाई केही समस्या भए आफुले सहजिकरण गर्ने बताउदै सव स्टेशन निर्माणलाई समयमा नै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । बेनी बजार संरक्षण आयोजना अनुगमन समेत गर्नुभएका गर्बुजाले आगामी बर्ष समेत संरक्षणका योजनाले निरन्तरता पाउने बताउनुभयो । यसैगरी उहाँले जिल्लाभित्र निर्माणाधिन जलविद्युत आयोजना बनेपछि जिल्ला र देशलाई ठुलो आर्थिक सहयोग पुग्ने बताउँदै समयमै सम्पन्न गर्नका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री गर्बुजाले नदी कटान र बाढीका कारण हुने क्षती रोक्न नदी कटानको उच्च जोखिममा रहेका दरबाङ, तातोपानी बजार, बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रणका आयोजना निर्माण भइरहेको र आगामी आर्थिक वर्षमा थप आयोजना संचालन हुने बताउनुभयो । राज्यमन्त्री संगै मन्त्रालय अन्तर्गत सिंचाइ विभागका डिडिजी सन्तोष कैनी, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख विदुर श्रेष्ठ लगायतले सहभागि हुनुहुन्थ्यो । संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, कांग्रेस म्यादीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी लगायत स्थानीय नेता तथा कार्यकर्ता लगायतले विभिन्न स्थानमा भएको कार्यक्रममा आफ्नो आधारणा राखेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २१:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP