शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नामको सयौं वर्ष पुरानो लिङ्गो जुधाउने प्रतियोगितामा कान्छी गाउँ विजयी (फोटो फिचर)
दग्नामको सयौं वर्ष पुरानो लिङ्गो जुधाउने प्रतियोगितामा कान्छी गाउँ विजयी (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ ६, २०८२
judhao
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा मंगलबार करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सांस्कृतिक चिनारी लिङ्गो जुधाई प्रतियोगिता सम्पन्न भएको छ । भुमेपुजाको अवसरमा आयोजित प्रतियोगितामा कान्छी गाउँ बिजयी भएको छ । हरेक वर्ष गैरीगाउँ र कान्छी गाउँवीच लिङ्गो जुधाउने प्रतिस्पर्धा हुने गरेको छ । उक्त प्रतियोगिता हरेक वर्ष स्थानीय एकता युवा क्लबको नेतृत्वमा संचालन हुने गरेको छ ।प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन स्थानीयको उत्साहजनक उपस्थितीमा भूमे पुजाको अवसरमा यस गाउँमा सयौँ बर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गो जुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीता सम्पन्न भएको स्थानीय युवा कृष्ण गर्बुजाले बताउनुभयो । ‘‘यो संस्कृति पुर्खादेखि नै चल्दै आएको छ, हरेक बर्ष भूमे पुजामा यहाँ दुई गाउँका लिङ्गो जुधाउने प्रतियोगिता हुन्छ,’उहाँले भन्नुभयो । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा पतकाले सिंगारिएका अग्ला बाँसको लिङ्गो बोकेर गाउँको शिरमा रहेको मुल्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङ्गो ठडाएर प्रतिस्पर्धा गराएका थिए । पुर्ख्यौली नाच, साईलो भाका र पञ्चेवाजा सहितको उत्सवका बीच मंगलबार मध्यान्हको समयमा भुमे देवताको पुजा गरेपछी दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागि स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा अग्ला–अग्ला सिंगारिएका लिङ्गाहरुलाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ । कुनैबर्ष दुबै गाउँबाट लिंगोहरु जुधाउँदा बराबरी समेत हुने गरेको छ ।दग्नामको भूमे पुजालाई लिङ्गो जुधाइले साँस्कृतिक उत्सव बनाउने गरेको वडा अध्यक्ष पबिन गर्बुजाले बताउनुभयो । यसको संरक्षण र प्रवर्द्धन गर्न आफुले पहल गर्ने समेत बताउनुभयो । ‘‘भुमे पुजालाई हामीले मौलिकता र परम्परालाई जोगाउने गरि मनाउँदै आएका छौँ ,’ जनता माविका प्रअ गुनबहादुर पुनले भन्नुभयो ,‘यसमा लिङ्गो जुधाई सबैको लागि रुचि र चासोको बिषय बन्ने गरेको छ । दुई गाउँबिचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने सँगै सामाजिक सदभाव बढाउन सहयोगी बन्ने गरेको छ ।’ भूमे पुजामा लिङ्गो जुधाई हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामबासीहरु गृहगाउँ फर्कने गर्छन भने छिमेकी गाउँबाट समेत उल्लेख्य मात्रामा सर्वसाधारण मेला भर्न पुग्ने गर्छन ।भुमे पुजाको अवसरमा स्थानियले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि देउराली, भारा र खोला मण्डली लगायत पाँच देवताको पुजाआजा गर्ने गर्दछन् । हरेक वर्षको जेठ महिनाको पहिलो मंगलबार पारेर भुमे पुजा गर्ने चलन रहेको छ । खासगरी खेतीबाली राम्रो होस, बाढि, पहिरो, भु-क्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस भन्ने कामना सहित भूमे देवताको पुजा गरिन्छ । एकता युवा क्लब अध्यक्ष मनोज तिलिजाका अनुसार ,स्थानीय युवाहहरुको नेतृत्वमा करिब तीन घण्टा टाढाको पैदल यात्रा मार्फत छिमेकी गाउँबाट अघिल्लो राती मध्यान्हको समयमा बाँसका लिङ्गो काटेर दग्नाम ल्याइएको हो । सोही भुमे पुजाको अवसरमा क्लबको आयोजनामा हरेक वर्ष संचालन हुने विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको भुमेपुजा मेला लाग्ने गरेकोमा यस वर्ष पनि मेलालाई निरन्तरता दिइएको छ ।यामकुमारी गबुर्जा मगर , जसबहादुर गर्बुजा मगर लगायतले भुमे देवताको पुजा गर्न र लिङ्गो जुधाई हेर्न आएको बताउनुभयो ।    
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २३:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP