शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बस्ती जोखिममा पार्ने हाइटेन्सन लाइन हटाउने राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता
बस्ती जोखिममा पार्ने हाइटेन्सन लाइन हटाउने राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ ७, २०८२
bidhut office
नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले बस्तीसँगै जोडिएको हाइटेन्सन लाइनको विवरण उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रलाई निर्देशन दिनुभएको छ । बुधबार मंगलाघाटमा रहेको केन्द्रको कार्यालयमा निरीक्षण गदैै बस्ती, सडक, खेतबारीमा विद्युत पोलबाट हुने करेन्ट प्रवाहका कारण मानवीय तथा भौतिक क्षतीलाई न्यूनिकरण गर्न तत्काल कार्यालयबाट मन्त्रालयमा विवरण पठाउन निर्देशन दिनुभएको हो । गत बैशाख ५ गते बेनी नगरपालिका–१ रत्नेचौर बेलबोटमा नेपाल विद्यु्त प्राधिकरणको ३३ केभी प्रशारण लाइनबाट करेन्ट प्रवाह भई ज्यान गुमाएका १६ बर्षिया शिव थापाको क्षर्तीपर्ती सहित हाइटेन्सन लाइनको हटाउने बारेमा राज्यमन्त्री गर्बुजाले केन्द्र प्रमुख प्रमुख सत्यनारायण गामी समक्ष चासो राख्नुभएको थियो । परिवारलाई उचित क्षर्तीपुर्ती दिने ढिलाइ नगर्न र थप मानवीय क्षती रोक्ने कार्य अगाडी बढाउन र दिर्घकालिन रुपमा त्यहाँबाट हटाउने योजना पठाउन समेत केन्द्र प्रमुख गामीलाई निर्देशन दिनुभएको प्रमुख स्वकिय श्रीप्रसाद रोकाले बताउनुभयो । घरसँगै जोडिएको नाङ्गो विद्युत लाइनका कारण बेनपा वडा नं १ सारेमारे,बेलबोट र बागलुङ नगरपालिका–४,ढोडेनी बस्तीका सर्वसाधारण त्रसित छन् । त्यस्तै राज्यमन्त्री गर्बुजाले म्याग्दीमा रहेका विद्युतको ट्रासफर्मर पूरानो भएको, खुल्ला स्थानमा हुदाँ दुर्घटनाको जोखिमका बारेमा समेत गुनासो आएको भन्दै पुरानो र कम क्षमताका ट्रासफर्मर परिवर्तन गर्नुपर्ने विवरण समेत पठाउन निर्देशन दिनुभएको छ । यसैबीच राज्यमन्त्री गर्बुजाले जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयको समेत निरीक्षण गरी खानेपानी तथा सिचाईको अवस्था तथा थप योजनाका बारेमा कार्यालय प्रमुख झलकमोहन ओझासँग जानकारी लिनुभएको थियो । राज्यमन्त्री गर्बुजाले जिल्लामा हुने विकास निर्माण तथा आवश्यकताका बारेमा सिधै सम्पर्क गर्न, जनतालाई गुनासोसहित सेवा दिन जिल्लास्थित कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । नेपाल निजामति कर्मचारी यूनियन, नेपाल शिक्षक संघद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा समेत राज्यमन्त्री गर्बुजाले कर्मचारीको शिर उच्च हुने गरी कार्यसम्पादनमा सघाउने बताउनुभएको थियो ।  
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  २२:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP