शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बृहत चिमखोला- राखु पिप्ले -भगवती खानेपानी आयोजनाले पूर्णता पाउँछ : राज्यमन्त्री गर्बुजा  
बृहत चिमखोला- राखु पिप्ले -भगवती खानेपानी आयोजनाले पूर्णता पाउँछ : राज्यमन्त्री गर्बुजा  
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ ८, २०८२
FB_IMG_1747924087660
म्याग्दी । उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा(खम्बीर) ले बृहत चिमखोला- राखु- पिप्ले- भगवती खानेपानी आयोजनालाई पूर्णता दिन सरकारले प्राथमिकता दिने बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा विहिवार आयोजित निःशुल्क आँखा उपचार शिविरको उद्घाटन गर्दै राज्यमन्त्री गर्बुजाले राखु पिप्ले, भगवती क्षेत्रमा खानेपानीको समस्या प्रमुख रहेकाले यसको लागि आफुले उचित बजेटका लागि पहल गरेको बताउनुभयो । चालु आर्थिक बर्षमा ५० लाख रुपैयाँको बजेट विनियोजन भएको यस आयोजनमा बहुबर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयमले १० करोड रुपैयाँको स्रोत सुनिश्चिता गरेको थियो । आयोजना सम्पन्न गर्न थप बजेट आबश्यक पर्ने भएकाले आगामी बर्षको लागि प्रयाप्त बजेट व्यवस्थापनमा आफु जुटेको राज्यमन्त्री गर्बुजाले बताउनुभयो । स्वास्थ्यको दृष्टिकोणमा शुद्ध खानेपानी अत्यावश्यक रहेको बताउँदै उहाँले आँखा उपचार शिविर राखेर जनतालाई उज्यालो देखाउने काम गर्दै रघुगंगाले आफ्नो उत्तरदायित्व बहन गरेको बताउनुभयो । जिल्लाको विकासका लागि आगामी बर्षको बजेटमा ठूला र गौरबका योजनालाई उचित बजेट व्यवस्थापनको लागि विभिन्न मन्त्रालयहरुमा पहल र समन्वय भैरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले विकासमा सबै तहका सरकारबिचको सहकार्यले जनताको आसा र अपेक्षा सम्बोधन गर्न सक्नेमा जोड दिनुभयो । नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’लाई  साे अवसरमा रघुगंगा गाउँपालिकाले बाजागाजा सहित भव्य स्वागत ,बधाई सहित सम्मान गरेको छ ।यसैबीच नेपाली कांग्रेस रघुगंगा गाउँपालिका कार्यसमिति ,स्थानीयबासी लगायतले सम्मान गरेका छन् । राज्यमन्त्री गर्बुजालाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ,प्रमुख प्रशासकीय अधिकृत चेतनारायण  भण्डारी,गाउँपालिका-६,का वडा अध्यक्ष ,गाउँपालिका प्रवक्ता एवं कांग्रेस रघुगंगा सभापति मनकुमार शेरपुजा लगायतले स्वागत तथा सम्मान गर्नुभएको थियो । साेही अवसरमा  पालिकाको विकासमा योगदान दिएकोमा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीलाई गाउँपालिकाले सम्मान समेत गरेको छ । गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा सञ्चालित शिविरमा मोतियाबिन्दु भएका विरामीको निशुल्क सल्यक्रिया सहितको उपचार सेवा प्रदान गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २१:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP