शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वर बजारमा अनुगमन, म्याद सकिएका सामान नष्ट 
गलेश्वर बजारमा अनुगमन, म्याद सकिएका सामान नष्ट 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ ८, २०८२
म्याग्दी।म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा बिहीबार बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा गलेश्वर बजार क्षेत्रमा सञ्चालित विभिन्न पसलहरुको अनुगमन गरी म्याद सकिएका सामान जफत गर्नुका साथै नष्ट गरिएको हो । अनुगमन टोलीले गलेश्वरको शुद्ध शाकाहारी भोजनालय, लक्ष्मी पुजा सामग्री पसल, ओजन किराना सप्लायर्स, कुमारी किराना पसल, लक्ष्मी खाजाघर, सुमित्रा किराना पसल, केलेन किराना पसल, कृतिका किराना स्टोर्स, आकृति किराना पसलसहित विभिन्न १२ वटा खुद्रा तथा किराना, होटल एवं रेष्टुरेण्ट, पुजा सामग्री तथा फलफुल पसलहरुको संयुक्त रुपमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पसलहरुमा म्याद सकिएका दैनिक उपभोग्य सामग्रीहरु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ । अनुगमन गरिएका पसलहरुबाट म्याद सकिएका चिसो पेयपदार्थ, मिठाई, बत्ती बाल्ने तेल, भुजा, कुरकुरे, आटालगायत दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु जफत गरी नष्ट गरिएको कार्यालयका खाद्य निरीक्षण अधिकारी सहन्साकुमार मेहताले जानकारी दिनुभयो । अनुगमनमा केही पसल तथा रेष्टुरेण्टमा सरसफाइ गर्न र म्याद सकिएका सामग्रीलाई अलग्गै व्यवस्थापन गर्न सुझाव दिइएको छ । अनुगमनको क्रममा गलेश्वरका विभिन्न पसलहरुबाट गरी कुल १६ हजार नौसय पाँच रुपैयाँ बराबरको म्याद सकिएका दैनिक उपभोग्य सामग्रीहरु जफत गरेर नष्ट गरिएको खाद्य निरीक्षण अधिकारी मेहताले बताउनुभयो । अनुगमनमा एउटा नामको पसल दर्ता गरेर अन्य प्रकृतिको सामानहरु बिक्री वितरण गरेको, मूल्यसुची नटाँसेको, लेबल नराखेका मिठाइलगायत सामानहरु बिक्री गरेको, पसल दर्ता नगरेको, प्याकेजिङ गरी सामान बेचेको, साईनबोर्ड नराखेको जस्ता कमीकमजोरीहरु भेटिएका छन् । पसल सञ्चालक तथा प्रोप्राइटरलाई अनुगमनको क्रममा भेटिएका सबै कमजोरीहरु सुधार गर्न समेत निर्देशन जारी गरिएको छ । अनुगमन कार्यक्रममा म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख अमृतप्रसाद कँडेल, बेनी नगरपालिकाका वरिष्ठ प्रशासन सहायक प्रकाश आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष अमृत बास्कुनेलगायत सहभागी थिए । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न स्थानमा सञ्चालित पसलहरुको समय समयमा अनुगमन भैरहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २२:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP