शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • त्रिदिवसीय कार्यक्रम गरी म्याग्दीमा १८ औँ गणतन्त्र दिवस मनाइने
त्रिदिवसीय कार्यक्रम गरी म्याग्दीमा १८ औँ गणतन्त्र दिवस मनाइने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ १२, २०८२
received_3997690987154250
म्याग्दी । म्याग्दीमा यहि जेठ १५ गते विविध कार्यक्रमको आयोजना गरि १८ औँ गणतन्त्र दिवस मनाइने भएको छ । आईतवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख तथा गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिका संयोजक डिल कुमारी खत्रीको अध्यक्षतामा वसेको वैठकले जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रम गरि दिवस मनाउने निर्णय गरेको हो । वैठकले जेठ १४, १५ र १६ गते जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालय तथा संघ संस्थाहरुले कार्यालय परिसरमा राष्ट्रिय झण्डा सजाउने र साँझ घरघरमा दीप प्रज्ज्वलन गर्ने, १४ गते विहान ८ बजे नेपाल रेडक्रस सोसाईटी, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दी र म्याग्दी जेसीजको व्यवस्थापनमा बेनी अस्पतालमा रक्तदान कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । त्यस्तै जेठ गते विहान साढे सात बजेदेखि जिल्ला स्थित राजनैतिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक, सुरक्षानिकाय, कर्मचारी, संघसंस्थाका प्रतिनिधिहरुको वृहत उपस्थितिमा प्रभातफेरी कार्यक्रम संचालन गरिने मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख खत्रीले बताउनुभयो । १५ गते दिउँसो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा अन्तरमावि लोक गीत प्रतियोगिता संचालन हुनेछ । १५ गतेको साँझ गैरसरकारी संस्था महासंघको व्यवस्थापनमा विरेन्द्रचोकमा गणतन्त्रको प्रतिक राष्ट्रिय झण्डाको आकार बनाई दीप प्रज्ज्वल गर्ने कार्यक्रम तय गरिएको छ । यसैगरि १६ गते विहान जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति सहित डिभिजन वन कार्यालयको व्यवस्थापनमा बेनी नगरक्षेत्र भित्र वृक्षारोपण गरिने भएको छ ।गणतन्त्र दिवसको प्रचारप्रसारको जिम्मेवारी पनि नेपाल पत्रकार महासंघको समन्वयमा जिल्ला स्थित सम्पूर्ण संचारमाध्यमहरुलाई दिईएको छ । जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  २०:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP