शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ २५, २०८२
FB_IMG_1749363321552
म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणधिन ५३ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी– १ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण सुरु भएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङ स्थित आउटलेटतर्फबाट सुरुङ खन्ने कामको शनिवार सुभारम्भ गरिएको हो । सुरुङ खन्ने कामको सुभारम्भ गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माण कार्यमा आबश्यक मेसिन, उपकरण र जनशक्ति परिचालन गरी निर्धारित समयभित्रै आयोजनाको कामलाई सम्पन्न गराउनतर्फ लाग्न आयोजनालाई आग्रह गर्नुभएको थियो । आउटलेटबाट सुरुङ खन्ने कामको सुरु भएसंगै यस आयोजनामा चार ठाउँबाट सुरुङ खन्ने काम भैरहेको छ । यस अघि आयोजनाको बाँधस्थल धवलागिरी गाउँपालिका– ४, खाम्ला र छहरीको अडिटबाट दुईतर्फ सुरुङ खन्ने काम भैरहेको छ । अडिट तर्फवाट निर्माण भईरहेको सुरुङ र आउटलेटबाट सुरु भएको सुरुङ १ किलोमिटर ८६५ मिटर लामो हुने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो । उहाँका अनुसार, यस आयोजनामा बाँधबाट विद्युतगृहसम्म कुल पाँच किलोमिटर सात सय मिटर सुरुङ निर्माण हुनेछ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ ,खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण गरिरहेको छ । वि.स. २०८० चैत १९ मा सम्झौता र २०८१ बैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले निर्माणस्थलमा प्रयाप्त मात्रामा जनशक्ति निर्माण सामाग्री र औजार उपकरणको बन्दोबस्त मिलाएको र निर्माण कार्यले तिब्रता पाएको आयोजना प्रमुख केसीले जानकारी दिनुभयो । वि.स. २०८३ फागुन २१ गते विद्युत उत्पादन गर्ने लक्ष्य सहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तिब्रता दिएको आयोजनाले जनाएको छ । छहरीको एक सय ९८ दशमलब ९० मिटर लामो अडिट सुरुङ, बाँधतर्फबाट सुरु गरिएको ७६ दशमलब ५४ मिटर लामो सुरुङ र अडिटबाट थप १ किलोमिटर २७० दशमलब ६७ मिटर मुख्य सुरुङ निर्माण भइसकेको छ । आयोजनाको बाँधस्थलतर्फ २० प्रतिशत भौतिक प्रगति भएको छ ।सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयर मार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ् । भारवाङ देखि एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७,डाडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सवस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रिय लाइनमा जोडिनेछ् ।  
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १२:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP