शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीमा ट्राफिक सप्ताह सुरु
म्याग्दीमा ट्राफिक सप्ताह सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ २५, २०८२
IMG_1183
म्याग्दी । ‘जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्रु ‘म’, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित ट्राफिक सप्ताह–२०८२ मनाउन सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि ट्राफिक सप्ताह मनाउन सुरु गरिएको हो । ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले दुर्घटना न्यूनीकरण गर्नका लागि सबैभन्दा पहिला स्वयं चालक जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक नियमको पूर्ण रुपमा पालना गरेर मात्रै सवारीसाधनहरु चलाउनुपर्ने बताउँदै अधिकारको प्रयोग गर्दैगर्दा आफूले निभाउनुपर्ने कर्तव्यको पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ट्राफिक सप्ताह सम्बन्धी सचेतनामूलक कार्यक्रमले ट्राफिक नियमको पालना गराउनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले ट्राफिक सचेतनामूलक कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्न आवश्यक रहेका बताउँदै हामी सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार तथा प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र समाजसेवी केबि भण्डारीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमबारे बुझाउन आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म देशभर ३४ हजार ३ सय ५८ वटा सवारी दुर्घटना भएकोमा तीमध्ये सबैभन्दा धेरै मोटरसाईकल र स्कुटरका २० हजार १ सय ८३ वटा दुर्घटनाहरु भएको जानकारी दिनुभयो । उहाँले नेपालमा १ महिनामा २८ सय ६३ र दैनिक ९५ वटा सवारी दुर्घटना हुने गरेको भन्दै हालसम्म २ हजार ६६ जना व्यक्तिहरुको मृत्यु भएको बताउनुभयो । मासिक रुपमा देशभर १ सय ७२ वटा सवारी दुर्घटना हुँदा दैनिक ६ जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । हालसम्म देशभर सवारी दुर्घटनाबाट ३१ हजार १ सय ५१ जना व्यक्तिहरु घाइते भएकोमा मासिक २५ सय ८६ जना र दैनिक ८७ जना रहेको प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो । उहाँले सवारी दुर्घटनाबाट अकालमै मानिसहरुले ज्यान गुमाउने गरेको बताउँदै सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि सडक व्यवस्थापनको साथै सुरक्षित रुपमा यात्रा गर्नुपर्ने बताउनुभयो । सवारी दुर्घटना कम गर्न सडक निर्माणकार्य, ट्राफिक नियमको जानकारी तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ । ट्राफिक सप्ताहअन्तर्गत पहिलो दिन आइतबार म्याग्दी सदरमुकाम बेनीमा प्रभातफेरी ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥यालीमा जिल्लास्थित जनप्रतिनिधिहरु, राजनीतिक दल तथा सरकारी कार्यालय र विभिन्न संघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विद्यालय तथा क्याम्पसका शिक्षक, विद्यार्थी, आमा समूहले ¥यालीमा नौमती बाजासहित सचेतनाका प्लेकार्डहरु बोकेर सहभागिता जनाइएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले सञ्चालन गर्नुभएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्वयंसेवकहरु परिचालन गरेर सवारीसाधनमा सचेतनामूलक स्टिकरहरु टाँस्ने, माईकिङ गर्ने, पर्चा तथा पम्प्लेटहरु वितरण, ग्रामीण सडकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, विद्यालयस्तरमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । यसैगरी सवारी चालकहरुको स्वास्थ्य परीक्षण गर्ने, सवारीसाधनको सिटमा आरक्षण कोटाको कार्यान्वयन तथा अनुगमन र निरीक्षण गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरिने ट्राफिक प्रमुख केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १५:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP