शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राज्यन्त्री गर्बुजाको पहलमा म्याग्दीमा करिब एक अर्ब बजेट विनियोजन
राज्यन्त्री गर्बुजाको पहलमा म्याग्दीमा करिब एक अर्ब बजेट विनियोजन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ २५, २०८२
fd06b466-95a6-4f66-a8ba-8513303c01e4
बेनी । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा गृहजिल्ला म्याग्दीमा विभिन्न शिर्षकमा करिब एक अर्ब बजेट विनियोजन भएको छ । म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचित राज्यमन्त्री गर्बुजाको सक्रिय पहलमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि उर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्रालय ,सहरी विकास मन्त्रालय , भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय लगायत अन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको हो । बजेटमा सडक ,सिंचाइ ,नदी नियन्त्रण,पहिरो रोकथाम/तटबन्ध निर्माण ,खानेपानी लगायत आयोजनालाई प्राथमिकता दिइएको छ । बेनी बजारमा तटबन्ध निर्माणको लागि तीन करोड ,सिमलचौर–मिथौला–कुकुर विसौना–पुर्णगाउँ सडक स्तरोन्नतीका लागि तीन करोड ,रुन्मा–मगरदाङ –जुग्जा सडक स्तरोन्नतीका लागि तीन करोड ,खहरेखोला–छिस्बाङ–खोप्ती –दरबाङ सडकलाई तीन करोड ,पात्लेखोला–नेपाने–मौवाफाँट –बान्द्रे जोद्रेघाट पुल तीन करोड ,चिप्लो पहिरो–दग्नाम –दर्मिजा–चिमखोला–घ्यासीखर्क सडकलाई तीन करोड ,तोरीपानी –दावा–धोलथान सडकलाई तीन करोड ,जिल्लाको दुर्गम लमसुङ–लुलाङ–गुर्जा सडकलाई तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसैगरी बेनी बजार खानेपानी आयोजनालाई तीन करोड ,रत्नचौर ज्यामरुककोट–भकिम्ली–बरङ्जा सडकलाई तीन करोड,अन्नपुर्ण गाउँपालिका–२,३ र ४ का विभिन्न ठाउँमा कालीगण्डकी र सहायक नदी नियन्त्रण योजनालाई पाँच करोड ,रघुगंगा–४,मा विभिन्न ठाउँमा पहिरो नियन्त्रण तथा रोकथाम आयोजनालाई चार करोड ,जलस्रोत संरक्षण आयोजनालाई ७० लाख ,एकिकृत नदी बेसीन सिंचाइ तथा जलस्रोत व्यवस्थापन अन्तर्गत विभिन्न योजनालाई आठ करोड ,बजार तथा बस्ती संरक्षण अन्तर्गत विभिन्न आयोजनालाई ९ करोड ,पहिरो व्यवस्थापनका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माणका लागि तीन करोड ५० लाख लगायत रहेका छन् । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि गर्बुजाकै निरन्तर पहलमा संघ र प्रदेश सरकारको साझेदारीमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरबाङ–ताकम–मुना–ढोरपाटन जोड्ने सडक आयोजना अन्तर्गत दरबाङदेखि मुना खण्डमा एक अर्बको कालोपत्र र ढलान सहितको स्तरोन्नती आयोजना कार्यान्वयनको चरणमा रहेको छ । भने करिब दुई अर्बका खानेपानी ,सडक ,लगायत विभिन्न आयोजना कार्यान्वयनमा आएकाछन् । आगामी आर्थिक वर्षका लागि बहुवर्षिय बृहत घोप्टेखोला खानोपानी खानेपानी आयोजनालाई तीन करोड , बृहत पिप्ले खानेपानी आयोजनालाई तीन करोड ,बृहत चिमखोला–भगवती खानेपानी आयोजनालाई चार करोड ,ढोवा पोखरेबगर खानेपानी आयोजनालाई २५ लाख बजेट विनियोजना भएको छ । आगामी आर्थिक वर्षका लागि थप अन्य मन्त्रालयबाट विभिन्न शिर्षकका आयेजनालाई बजेट विनियोजन भएकोले छिट्टै सार्वजनिक गरिने राज्यमन्त्री गर्बुजाको सचिवालयले जनाएको छ । जिल्लाको समग्र विकासलाई प्राथमिकता दिएर संघ र प्रदेश सरकारबाट बजेट विनियोजनका लागि पहल भइरहेको र थप योजना जिल्लामा भित्र्याउन समन्वय गरिरहेको कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले बताउनुभयो ।    
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २२:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP