शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • तीन वटा खानेपानी योजना मार्फत चार सय घरमा खानेपानी सुविधा विस्तार
तीन वटा खानेपानी योजना मार्फत चार सय घरमा खानेपानी सुविधा विस्तार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन १३, २०८२
khanepani dandagaun
बेनी  ।म्याग्दीको मालिका गाउँपालिका–३,का चार सय घरमा खानेपानी सुविधा विस्तार भएको छ ।मालिका गाउँपालिका, नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण भएको तीन वटा खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना मार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो । ति आयोजनाहरुबाट डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङ दुई सय २५ घरपरिवार, पात्लेका एक सय २२ र लुक्सीपारका ५३ घर परिवार लाभान्वित भएका वडा अध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो ।
दुई करोड १४ लाख रुपैयाँको लागतमा निर्माण भएका तीन वटै योजनाको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । आयोजनाहरुको सामाजिक परिक्षण पनि गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा आयोजना निर्माण सम्पन्न भएर आइतबार मालिका गाउँपालिका अध्यक्ष गर्बुजाले खानेपानी आयोजनाको औपचारीक उद्घाटन गर्नुभएको नेपाल स्वास्थ्यका लागि पानी(नेवा)का सुरेन्द्र चन्दले जानकारी दिनुभयो । खानेपानी धारा निर्माण सम्पन्न भए पछि धारामा पानी नियमित हुन थालेपछि उद्घाटन गरीएको चन्दको भनाइ छ ।
नेवाको ३३ लाख ३७ हजार तीन सय २५ रुपैयाँ र मालिका गाउँपालिकाको १४ लाख ७२ हजार ५३ रुपैयाँ अनुदान प्राप्त भएको पात्लेको योजना निर्माणका लागि उपभोक्ताले १७ लाख आठ सय ९९ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।मालिका गाउँपालिकाको २४ लाख ८५ हजार पाँच सय ९६ रुपैयाँ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा) को ५६ लाख एक हजार तीन सय ६६ रुपैयाँ अनुदान तथा उपभोक्ताहरुको २९ लाख १३ हजार एक सय २४ रुपैयाँको लागतमा डाडागाउँ बोक्रे खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना निर्माण भएको हो ।
(नेवा)को १७ लाख ७४ हजार सात सय २९ रुपैयाँ, मालिका गाउँपालिकाको ९ लाख ९५ हजार पाँच सय नौ रुपैयाँ र उपभोक्ताको ११ लाख ५३ हजार दुई सय ५० रुपैयाँ बराबरको श्रमदानमा लुक्सीपार पौठेखोला खानेपानी योजना निर्माण भएको हो ।सर्वसाधारणका घरका साथै स्वास्थ्य संस्था र विद्यालयमा पनि खानेपानी धारा जडान गरिएको छ । यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमा धारा बनेपछि समयको बचत, झञ्जट हट्नुका साथै घरायसी कामकाज सहज भएको पात्लेका बलबहादुर रोकाले बताउनुभयो ।
खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ५० देखि ६० दिनका दरले श्रमदान गरेका थिए । तीन वटा मुहानबाट पानी सकल गरेर २१ हजार चार सय ६८ मिटर पाइप मार्फत गाउँमा पानी वितरण गरीएको खानेपानी आयोजनाका अध्यक्ष हिराबहादुर पुनको भनाइ छ । बिहानै उठेर घण्टौं हिडेर पानी लिन जान पर्ने स्थानीय जनताको बाध्यता खानेपानी आयोजनाले अन्त्य गरेको उहाँले सुनाउनुभयो ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २०:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP