शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नाममा पहिरो खस्दा सडक अबरुद्ध : क्षति पु¥याएको सडकको निरिक्षण
दग्नाममा पहिरो खस्दा सडक अबरुद्ध : क्षति पु¥याएको सडकको निरिक्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २२, २०८२
IMG_E8214
दग्नाम । मौवाफाँट–दग्नाम–घ्यासीखर्क जोड्ने सडक अन्तर्गत रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित छुर्पिडाँडामा पहिरो जादा सिधा यातायात अवरुद्ध भएको छ । सोमबार राती परेको अविरल वर्षाका कारण पहिरो जाँदा बेनी हुँदै गलेश्वर– पिप्ले–मौवाफाँट– दग्नाम–दर्मीजा– चिमखोला–कुइनेमङ्गलेको घ्यासीखर्क सम्म जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको वडा अध्यक्ष पबिन गर्बुजाले जानकारी दिनुभयो । पहिरोले क्षति पु¥याएको क्षेत्रको नेपाल सरकारका उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले स्थिलगत निरिक्षण गर्नुभएको छ । गाउँपालिकामा संचालित जलविद्युत आयोजना र पालिकाको सहकार्यमा मर्मत गरी सडक सुचारु गरिने भएको छ । पहिरोको दिर्घकालिन रोकथामका लागि आफुले पहल थाल्ने राज्यमन्त्री गर्बुजाले बताउनुभयो । राज्यमन्त्री गर्बुजाकै पहलमा संघीय सरकार र जलविद्युत आयोजनाको सहकार्यमा मौवाफाँटदेखि दग्नाम सम्म सडक स्तरोन्नती भएको छ । यस अघि वडा नम्बर ८ कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गत जेठ ३१ मा गएको पहिरोले करिब दुई महिना देखि सडक अवरुद्ध भएको छ । पहिरो ठूलो भएकाले वर्षात् नरोकिँदा सडक सञ्चालन हुन नसकेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयो । वर्षा कम हुँदै गएपछि अवरुद्ध भएको सडकलाई मर्मत गरेर अस्थायीरूपमा सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भैरहेको वडाध्यक्ष पाइजाले बताउनुभयो । सडक अवरुद्ध हुँदा कुइनेमङ्गले, चिमखोला र दग्नाम लगायत क्षेत्रमा बोलेरो, जिप, ट्रयाक्टर, ट्रकलगायतका सवारीसाधन रोकिएका छन् । सिधा यातायात सुचारु नहुँदा स्थानीयस्तरमा उत्पादन भएको आलुको बजारीकरण र जलविद्युत् आयोजनाका निर्माण सामग्री ढुवानीमा समस्या भएको छ । निरिक्षणमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, जलविद्युत आयोजनाका प्रतिनिधि, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख विदुर मान श्रेष्ठ, संघिय सिचाइ आयोजना ईन्जिनियर नरजंग गुरुङ, वडा अध्यक्ष पविन गर्बुजा लगायत सहभागी हुनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  २२:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP