शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपालमा युट्युब वेब ब्राउजरमा बन्द, मोबाइलमा चल्दै
नेपालमा युट्युब वेब ब्राउजरमा बन्द, मोबाइलमा चल्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ २१, २०८२
Youtube
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म क्रमैसँग बन्द गरिन थालेका छन् । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको २ दिनपछि नेपालमा युट्युब पनि बन्द भएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले नेपालमा युट्युब बन्द गरेको हो । युट्युब बन्द भएसँगै त्यहाँभएका म्युजिक भिडियो, फिल्म, वेबसिरिज, गीत–संगीत, समाचार, कमेडीलगायतका थुप्रै भिडियोहरू बन्द भएका छन् । आईएसपानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्द गर्ने प्रक्रिया सुरू भइकेको बताउनुभयो । उहाँका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् भने मोबाइलमा चलिरहेको छ । उहाँले भन्नुभयो, ‘हामीले सरकारको निर्णय र दूरसञ्चार प्राधिकरणको निर्देश मान्दै दर्ता नभएका सामाजिक सञ्जालहरूको आईपी एड्रेसहरू बन्द गर्न थालेका छौं । हिजो फेसबुक, एक्स, इन्स्टाग्राम वेब पेजमाबन्द भएका छन् भने आज बिहानदेखि वेब ब्राउजरमा युट्युब पनि बन्द छ भने मोबाइलमा बन्द हुने क्रममा छन् । ‘ पराजुलीका अनुसार, यो संवेदनशील प्राविधिक पक्ष सरकारले बुझ्नै सकेको छैन । ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय राजनीतिक र प्रशासनिक तहमा भएको छ। प्राविधिक ज्ञानबिना यस्ता आदेश दिइएको छ, जसको असरबारे सरकारले अनुमानै गरेको छैन,‘ उनले भने । नेपालमा सामाजिक सञ्जालहरू प्रतिबन्धसँगै इन्टरनेट प्रयोगमा देखिएको असरबारे कुरा गर्दै पराजुलीले भने, ‘युट्युब ब्लक गर्दा आईपी एउटै परे जिमेल पनि बन्द हुन्छ, अनि त्यसको असर हामीले चलाइरहेको फोनले पनि आंशिक रूपमा काम नगर्न सक्छ ।‘ सामाजिक सञ्जाल बन्द भएपछि डिजिटल अर्थतन्त्र, स्टार्टअप र साना व्यवसायको अनलाइन मार्केटिङ ठप्प भएको छ भने समग्र आर्थिक सूचकहरूमा नकारात्मक प्रभाव परेको छ । कलाकारहरूले सार्वजनिक गर्न लागेको नयाँ गीत रोकेका छन् भने विभिन्न टेलिसिरियल, कमेडीलगायतका हास्यव्यङ्ग्य कार्यम्रम पनि प्रशारण हुन सकेका छैनन् । अनलाइनखबर
प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १४:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP