शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मन्त्रिपरिषद् विस्तार : कुलमान घिसिङ ,ओमप्रकाश अर्याल र रामेश्वर खनाल मन्त्री बन्दै
मन्त्रिपरिषद् विस्तार : कुलमान घिसिङ ,ओमप्रकाश अर्याल र रामेश्वर खनाल मन्त्री बन्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २९, २०८२
kulman ,omprakash and rameshwor
काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुङ्गो लगाउनुभएको जनाइएको छ । उहाँले कार्यभार सम्हालेकै दिन प्रमुख तीनवटा मन्त्रालय सम्हाल्ने मन्त्रीहरूका नाम टुङ्गो लगाउनुभएको प्रधानमन्त्री निकट उच्च स्रोतलाई उदृत गर्दै बिबिसीले समाचार लेखेको छ । सिफारिसमा परेका तीनमध्ये एक जनाले राष्ट्रपति कार्यालय पठाइएको सूचीमा आफ्नो नाम भएको बीबीसीलाई बताउनुभएको छ । ‘अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको छ,’ स्रोतले भन्यो। ‘भोलि सोमवारे उहाँहरूले शपथ ग्रहण गर्नुहुने छ,’स्रोतले अगाडि थप्यो।मन्त्रीमा टुङ्गो लाग्नेमा खनाल भूतपूर्व अर्थसचिव हुनुहुन्छ भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका भूतपूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। अर्यालले काठमाडौं महानगरका प्रमुख बालेन शाहका कानुनी सल्लाहकारका रूपमा काम गर्नुभएको छ। यसअघि कार्यभार सम्हालेलगत्तै गरेको सम्बोधनमा प्रधानमन्त्री कार्कीले जेन –जेड पुस्ताको चाहनाबमोजिम काम गर्ने अठोट व्यक्त गर्नुभएको थियो । नयाँ सरकारको पृष्ठभूमि जेन–जेड आन्दोलन चर्केपछि गत मङ्गलवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए।त्यसपछि नेपाली सेनाको समन्वयमा जेन–जेडका प्रतिनिधिसँग कैयौँ चरणका औपचारिक तथा अनौपचारिक वार्तापछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार राति कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री नियुक्त भएकै राति उहाँले संसद्‌ विघटन गर्दै आउँदो फागुन २१ गते आमनिर्वाचन घोषणा गर्नुभएको थियो । प्रथम महिला प्रधानन्यायाधीशको इतिहास रच्नुभएकी कार्की प्रथम प्रधानमन्त्री पनि हुनुभएको छ ।प्रधानमन्त्रीका प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा कार्कीले सविता भण्डारी बराललाई नियुक्त गर्नुभएको छ। उहाँ नेपालको इतिहासमा प्रथम महिला महान्यायाधिवक्ता बन्नुभएको छ।पहिलो पटक महिला प्रधानन्यायाधीश बनेर इतिहास बनाएकी कार्कीले अहिले बाध्यताले कार्यकारी भूमिकामा आएको उल्लेख गर्नुभयो । ‘जुन परिस्थितिमा म आएँ, कुनै रहरले आएको होइन। सडकबाट, जताततैबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो। म पनि विवश हुनुपर्‍यो,’ पदभार ग्रहण गरेपछि आइतवार दिउँसो उहाँले भन्नुभयो । ‘कुनै सत्ताको, पदको रसास्वादन गर्न आएको होइन, मेरो उमेर पनि होइन त्यो,’कार्कीले अगाडि थप्नुभयो।यसै वर्षको फागुन २१ गते आमनिर्वाचन गराउनुपर्ने अन्तरिम सरकारको काँधमा अभिभारा छ। त्यसप्रति सङ्केत गर्दै प्रधामन्त्री कार्कीले निर्धारित समयभित्रै त्यो उत्तरदायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘छ महिनाभन्दा बढी नबस्ने, कुनै हालतमा आफ्ना कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने संसद्‌, मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पने हामीले अठोट गरेका छौँ,’ उहाँले अगाडि थप्नुभयो। तर त्यसका लागि सुरक्षा निकायदेखि सबैको साथ आवश्यक भएकोमा उहाँले जोड समेत दिनुभयो । ‘तपाईँहरूको साथ नपाई त्यो सम्भव छैन।’ सम्बोधनका क्रममा उहाँले जेन जेड पुस्ताले आन्दोलनमार्फत् उठाएका मागको समेत चर्चा गर्नुभयो।‘यो समूहले भ्रष्टाचारको अन्त्य, सुशासन आर्थिक समानताको माग गरेको हुनाले त्यो पूरा गर्न अठोट गर्नुपर्ने अवस्था छ,’ प्रधानमन्त्री कार्कीले अगाडि थप्नुभयो। चुनाव गराउने दायित्व भएको निर्वाचन आयोगले आमचुनावको मिति घोषणाबारे आधिकारिक रूपमा केही प्रतिक्रिया दिएको छैन।तर ठूलो उथलपुथल भएको विषम परिस्थितिका कारण उत्पन्न सुरक्षादेखि राजनीतिक चुनौतीसम्मका कारणले आगामी छ महिनाभित्र निर्वाचन सम्पन्न गर्न कठिन हुने कतिपय जानकारले बताएका छन्।  
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  २३:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP