शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका सार्वजनिक यातायातमा नयाँ भाडादर कायम
म्याग्दीका सार्वजनिक यातायातमा नयाँ भाडादर कायम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज २, २०८२
548303965_10162179574376859_551326232686414_n
बेनी । म्याग्दी जिल्लामा सञ्चालित सार्वजनिक यात्रुवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकमा जिल्लाभित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा ट्याक्सीको भाडादर निर्धारण कायम गरिएको हो । समितिले म्याग्दी खण्डमा पर्ने बेनी–जोमसोम सडकखण्डमा प्रति किलोमिटर प्रति यात्रु बसभाडा १० रुपैयाँ, जीप भाडा १५ रुपैयाँ, बेनी–दरबाङ र बेनी–रत्नेचौर सडकखण्डमा बसमा प्रतिकिलोमिटर १० रुपैयाँ र जीपमा प्रति किलोमिटर १५ रुपैयाँ भाडा तोकिएको छ । जिल्ला भित्रका सबै पक्की सडकमा प्रति किलोमिटर बसले १८ रुपैयाँ र जिपभाडा २५ रुपैयाँ लिन पाउने छन् । त्यसैगरी जिल्लाभित्रका सबै पक्की सडकमा यात्रुबाहक ट्याक्सीलाई प्रति यात्रु प्रति किलोमिटर १७ रुपैयाँ र कच्ची सडकमा प्रति किलोमिटर ३० रुपैयाँ कायम भएको छ । त्यस्तै माथि तोकिएको प्रति किलोमिटर भाडादर बाहेक नगरपालिका र गाउँपालिकाभित्र रहेका ग्रामिण सडकको पक्की, ढलान सडकमा यात्रुले प्रति किलोमिटर बसमा यात्रा गर्दा १४ रुपैयाँ र जिप भाडा १८ रुपैयाँ तिनुपर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । ‘तोकिएको भाडादर सबै पालिकाले सवारीसाधन र यात्रुले देख्ने स्थानमा टाँस गर्नुपर्ने छ, हामीले पनि नियमित अनुगमन गर्नेछौ’ प्रजिअ तिवारीले भन्नुभयो । समितिको बैठकमा आगामी सातदिनभित्र स्थानीय तहले तोकिएको किलोमिटरको दरले आफ्नो क्षेत्रमा रहेका सवारी रुट सहित भाडादर उल्लेख गरी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालयमा पठाउने निर्णय भएको छ । यात्रुले आफुँले यात्रा गरेको किलोमिटरको आधारमा भाडा तिनुपर्ने पर्ने, यातायात ब्यवसायीले अटेर गरेमा क्षमताभन्दा बढी यात्रु बोकेमा कानुनी कारवाहीका लागि सिफारिस गरिने छ । बैठकमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन, रघुगंगा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन,यातायात ब्यवस्था कार्यालय बागलुङकी प्रमुख गोमादेबी शर्मा, बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसुरक्षा निकायका प्रमुख तथा यातायात ब्यवसायी लगायत सरोकारवाला निकायको उपस्थती रहेको थियो । जिल्लामा कायम गरेको भाडादरमा यातायात व्यवसायिले समेत कार्यान्वयनमा प्रतिबद्धता जनाएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यको संयोजकत्वमा भाडादर निर्धारण उपसमितिमा गठन भएको थियो । हालसम्म जिल्लाभर बि।स २०८० साल जेठ ५ गते तोकिएको भाडादर नै जिल्लामा कायम रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  २०:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP