शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जापानमा चक्कु प्रहारबाट म्याग्दीका एक युवाको मृत्यु
जापानमा चक्कु प्रहारबाट म्याग्दीका एक युवाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज २१, २०८२
FB_IMG_1759803734215
जापान । जापानमा चक्कु प्रहारबाट एक म्याग्दीली युवकको हत्या भएको छ । म्याग्दी जिल्ला घर भई पोखराका २१ वर्षीय  बादल छन्त्यालको चक्कु प्रहारबाट हत्या भएको हो । जापानको चिवा प्रिफेक्चरस्थित नराशिनो सिटीमा आफ्नै प्रेमीकाले चक्कु प्रहार गरि  छन्त्यालको हत्या गरेको बताइएको छ । हत्या आरोपमा बादलकी प्रेमिका भनिएकी  जापानी अन्दाजी तीस वर्षीय एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ति युवतीलाई नियन्त्रणमा लिएर  घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको बादलका आफन्तले जनाएका छन्  । आवश्यक समन्वय भइरहेको मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । मृतक छन्त्याल र प्रेमिका बीच सम्बन्धमा खटपट भएपछि  छुट्ने निर्णय गरेर अन्तिम भेटका लागि होटलमा पुगेका थिए । प्रहरीले दिएको जानकारी अनुसार ,उनीहरुबीच बिगत १ बर्ष देखी चीनाजानी रहेको देखिएको छ । सम्बन्धमा खटपट आएपछि अन्तमा दुबै जना छुट्ने भनेर बादल अन्तिम भेटका लागि होटल गएका रहेछन, जुन होटलमा उनीहरु बिगत केही समय देखी भेट्दै आएका रहेछन । आइतबार बिहान ३ बजे सम्म बादल आफ्ना साथीहरुसँग सम्पर्कमै रहेको बुझिएकोछ । त्यसपछी उहाँका दाजु तेजिन छन्त्यालले आइतवार बेलुका ४/५ बजेको आसपासमा मृत अवस्थामा भेटिएको खबर पाउनुभयो । सोही होटलमा बादलको शरीरमा २ वा दुई भन्दा बढी पटक छुरा हानिएको प्रहरीले जानकारी दिएको छ । बादलको पोस्टमार्टम ८ तारिख हुनेभएको छ ।  शव नेपाल ल्याउने पारिवारिक स्रोतले जनाएको छ । शव नेपाल ल्याउन धेरै खर्च हुने भएकोले जापानमा आर्थिक सहयोग रकम जुटाउन थालिएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको जापानी प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ०८:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP