शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
म्याग्दीमा १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज २४, २०८२
553788529_1916010975611628_979784225886657333_n
म्याग्दी । जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका अवसरमा अन्तर कर्मचारी हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगितासहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका सञ्चारकर्मी र कर्मचारीलाई सम्मान गरेर दिवस मनाएको हो । जिल्ला हुलाक कार्यालयमा आयोजित कार्यक्रमको अवसरमा म्यादीकाली सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित म्याग्दीकाली एफ.एम. ८८ दशमलव २ मेघाहर्जका स्टेशन म्यानेजर राकेश शर्मालाई सम्मान गरिएको छ । एमएफ रेडियोमार्फत हुलाक सेवाका गतिविधि, नयाँ सेवा विस्तार तथा महत्वपूर्ण सूचनाहरुको निरन्तर प्रसारण तथा प्रचारप्रसारमा उल्लेखनीय योगदान पु¥याएको भन्दै शर्मालाई नगदसहित सम्मान गरिएको थियो । यसैगरी कार्यालयमा लामो समय सेवा प्रदान गरी हालै सेवानिवृत्त कर्मचारीहरुतर्फ हुलाक कार्यालय अन्नपूर्ण गाउँपालिकामा कार्यरत हल्कारा किशर तिलिजा, अतिरिक्त हुलाक कार्यालय कुईनेमङ्गलेका हल्कारा नरमान छन्त्याल, रुमका हल्कारा डिलबहादुर पुन र अतिरिक्त हुलाक कार्यालय दोवाका कार्यालय सहयोगी चबहादुर चोचाङ्गीलाई सम्मानपत्रसहित नगदले पुरस्कृत गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीले जनाएको छ । त्यस्तै उत्कृष्ट कर्मचारीहरुतर्फ जिल्ला हुलाक कार्यालय म्याग्दीका खरिदार मिनबहादुर बरुवाल र मालिका गाउँपालिका हुलाक कार्यालयका खरिदार ताराप्रसाद छन्त्याललाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । हुलाक कार्यालय अन्नपूर्णका हल्कारा विनोद पुन, जिल्ला हुलाक कार्यालयका हल्काराद्वय रमेश शर्मा, यज्ञबहादुर खत्री, कार्यालय सहयोगी तुलबहादुर खत्री र अतिरिक्त हुलाक कार्यालय रुमका वितरक धनमाया पुनलाई पनि सम्मान गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो । उत्कृष्ट कर्मचारी तथा सञ्चारकर्मीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, हुलाक कार्यालय प्रमुख थापा र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार प्रदान गर्दै प्रजिअ तिवारीले ऐतिहासिक महत्व बोकेको हुलाकका सेवालाई समयसापेक्ष प्रविधिमैत्री बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले हुलाकमार्फत राष्ट्र र नागरिकको बीचमा जोड्ने ‘सेतु’को काम भैरहेको बताउँदै जिल्ला हुलाक कार्यालयले बनाउने आईसिटी पार्क निर्माणमा स्थानीय प्रशासनको तर्फदेखि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । सोही कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष गौतमले हुलाक सेवाले गरेको द्रुत विकासले सूचना सम्प्रेषणको विकासमा ठूलो सहयोग पुगेको बताउँदै हुलाकको सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । जिल्ला हुलाक कार्यालय प्रमुख थापाले हुलाकले गएको आर्थिक वर्षमा कार्यसम्पादन गरेको प्रगतिसहित चालु आवमा सञ्चालन गर्ने कार्यक्रमहरुको बारेमा सहजीकरण गर्दै हुलाकको सेवालाई विविधिकरण गरी समयसापेक्ष बनाएर अगाडि बढाइने बताउनुभयो । यसैबीच दिवसको अवसरमा आयोजित अन्तर कर्मचारी हाजिरीजवाफ प्रतियोगितामा रघुगंगाबाट सहभागी रुपा शर्मा, सकुन्तला शाक्य, शोभा सुवेदी र अनुषा खत्री प्रथम, बेनी नगरपालिकाका सम्झना भण्डारी बानियाँ, सुनिता क्षेष्ठ, विन्दु चोखाल र सवनम खत्री द्वितीय, मालिका गाउँपालिकाबाट ताराप्रसाद छन्त्याल, पूर्णकुमारी सुवेदी, यज्ञबहादुर क्षेष्ठ र धनदेवी बानियाँ तृतीय भएकोमा विजेतालाई नगदसहित पुरस्कार वितरण गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा सिर्जना खड्का प्रथम, पूर्णकुमारी सुवेदी द्वितीय र सुनिता श्रेष्ठले तृतीय स्थान हासिल गर्नुभएको थियो । जिल्ला हुलाक कार्यालयका खरिदार मिनबहादुर बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नायब सुब्बा कलादेवी शर्माले स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ११:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP