शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ट्राफिक प्रहरीलाई चस्मा सहयोग
ट्राफिक प्रहरीलाई चस्मा सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक १७, २०८२
IMG_5756
बेनी । नेपाल नेत्रज्योति संघ त्रिपुरेश्वर काठमाडौंको आयोजना र नेत्रज्योति संघ म्याग्दी शाखाको समन्वयमा ट्राफिक प्रहरीलाई चस्मा सहयोग भएको छ । राजमार्ग र सहायक मार्गसहित बजार क्षेत्रमा दैनिक डियुटीमा खटिरहने ट्राफिक प्रहरीहरुमा आँखाको सुरक्षाको लागि चस्मा हस्तान्तरण गरिएको हो ।नेपालको संखुवासभा जिल्ला घर भई हाल अमेरिकामा बस्दै आउनुभएका नारायण श्रेष्ठ र उहाँकी धर्मपत्नी सिर्जना श्रेष्ठको सहयोगमा नेत्रज्योति संघमार्फत जिल्लामा खटिने ट्राफिक प्रहरीहरुलाई सोमबार एक समारोहबीच चस्मा वितरण गरिएको छ । नेत्रज्योति संघ काठमाडौं र जिल्ला शाखा म्याग्दीको आयोजना तथा समन्वय एवं सहयोगदाता श्रेष्ठ दम्पतिको सहयोगमा ट्राफिक प्रहरीलाई चस्मा हस्तान्तरण गरिएको थियो । जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुलाई लक्षित गर्दै तत्कालको लागि २५ पिस चस्मा हस्तान्तरण गरिएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । उक्त चस्माहरु नेत्रज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन, म्याग्दी सभापति अमर बानियाँ र सहयोगदाता दम्पतिले जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीना र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक विशाल परियारलाई हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रमको उद्घाटन तथा चस्मा हस्तान्तरण गर्दै केन्द्रीय महासचिव चनले आँखाको क्षेत्रमा काम गर्दै आइरहेको नेत्रज्योति संघ विश्वमा नेटवर्कका हिसाबले पहिलो र सेवाको हिसाबमा दोस्रो स्थानमा रहेको बताउनुभयो । उहाँले राजमार्ग, बजार क्षेत्र र चोकचोकमा खटिरहने ट्राफिक प्रहरीहरुको आँखा र स्वास्थ्यलाई मध्यनजर गरी संघको पहलमा चस्मा सहयोग कार्यक्रम ल्याइएको बताउँदै संघमार्फत आँखाको क्षेत्रमा ९० प्रतिशत काम गरिएको जानकारी दिनुभयो । नेत्रज्योति संघबाट देशभर ३५ लाखको आँखा परीक्षण तथा उपचार एवं ३ लाख जनामा आँखाको शल्यक्रिया सेवा उपलब्ध गराइएको महासचिव चनको भनाइ छ । कार्यक्रममा सहयोगदाता नारायण श्रेष्ठले आफू देशभन्दा बाहिर गएर विदेशको बसाई भए पनि नेपालमा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुभयो । उहाँले यसअघि दाँत सम्बन्धी समस्या भएका व्यक्तिहरुको उपचार तथा अन्य भौतिक संरचना निर्माणमा सहयोग गर्दै आइरहेको भन्दै पछिल्लोपटक आँखाको हेरचाह तथा सुरक्षाका लागि चस्मालगायत विभिन्न सहयोगहरु गर्ने गरिएको बताउनुभयो ।जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले म्याग्दी हिमाली जिल्ला भएकाले नेत्रज्योति संघले जिल्लाको दुरदराजसम्म पुगेर आँखाका समस्या भएकाहरुको उपचार गर्दै आइरहेकोमा प्रशंसा गर्नुभयो । उहाँले म्याग्दीमा नेत्रज्योति संघको आफ्नै भवनको आवश्यकता रहेको औंल्याउँदै अहिले जग्गा मात्रै उपलब्ध भएकाले भवन निर्माणका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।नेपाल नेत्रज्योति संघ म्याग्दीका सपभाति अमर बानियाँले सीमित स्रोतसाधनको बाबजुद पनि जिल्लामा संघमार्फत दुर्गम ठाउँमा पुगेर आँखाको ज्योति गुमाएका मानिसहरुको उपचार गरिएको बताउनुभयो । कार्यक्रम संघका सभापति बानियाँको अध्यक्षता, कोषाध्यक्ष मुक्तिबहादुर खड्काको स्वागत र नेत्रज्योति संघमार्फत सञ्चालित आँखा उपचार केन्द्र बेनीका प्रमुख नेत्र सहायक दिनेश बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।      
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १२:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP