शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नांगीमा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
नांगीमा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक २९, २०८२
annapurna-president
म्याग्दी  ।म्याग्दीको गाउँपालिका–८,नागीमा छैटौं अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना र नांगी स्थित हिमाञ्चल माविको सह–आयोजनामा शुक्रबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले उद्घाटन गर्नुभयो ।अन्तर विद्यालयहरुबीच प्रतिसर््पर्धा हुने छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अन्नपूर्ण गाउँपालिमा सञ्चालित विभिन्न १२ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । सहभागी विद्यालयहरुका २ सय ७० जना विद्यार्थी खेलाडीहरुले विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि भाग लिएका छन् । एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विद्यामा कुल ३० स्वर्णपदकका लागि विद्यालयहरुको बीचमा प्रतिसर््पर्धा सुरु भएको छ । एथ्लेटिक्स विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको छ । यसैगरी हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट तथा छात्रछात्राको भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । कबड्डी प्रतियोगिता भने यसअघि सम्पन्न भैसकेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन हुनुपूर्व सहभागी विद्यालयहरु, स्थानीय पुख्र्यौली समूहको नाचगान र नौमती बाजागाजासहित ¥याली गरिएको थियो भने विद्यालयहरुबीच भएको मार्चपास प्रतियोगिता प्रभा मावि नारच्याङ उत्कृष्ट घोषित भएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५० हजार, द्वितीय र तृतीयले क्रमशः नगद ३० हजार तथा २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले खेलमा जितहार स्वभाविक प्रक्रिया भएकाले अनुशासनलाई केन्द्रमा राखेर खेल प्रतिभा देखाउन खेलाडी विद्यार्थीहरुलाई सुझाव दिनुभयो । उहाँले खेलकुद प्रतियोगिताले विद्यार्थी खेलाडीहरुमा शारिरीक, मानसिकसहित समग्र पक्षको चौतर्फी विकासमा महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै विद्यार्थी खेलाडीको पसिना देशको गौरव र जोश तथा जाँगर भविष्यको प्रेरणा भएको उल्लेख गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले नेपाल सरकारका वर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डाक्टर महाविर पुनको जन्मगाउँ समेत भएकाले उहाँको सम्मानमा नांगीमा खेलकुद प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले खेलकुदजन्य प्रतियोगिताले विद्यार्थीहरुमा लुकेर रहेको खेल प्रतिभाको उजागर गर्नुका साथै विद्यालयहरुको बीचमा समेत एकापसमा सम्बन्ध स्थापना तथा सहकार्यको भावना विकास गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले खेलकुद प्रतियोगिताले शारिरीक, मानसिक र व्यक्तिगत जीवनमा समेत धेरै परिवर्तनहरु ल्याउने बताउँदै विद्यार्थी खेलाडीहरुले निष्पक्ष खेल प्रदर्शन, खेल भावना र अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाले प्रतियोगिताबाट एकापसमा सहकार्यको भावना विकास गराउन, खेलकुदमैत्री वातावरण निर्माण र विद्यार्थी तथा युवाहरुको खेल क्षेत्रमा आकर्षण बढाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण हुनेमा जोड दिनुभयो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले विद्यार्थीहरुका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने प्लेटफर्मको रुपमा रहेको बताउँदै विद्यालय, शिक्षक र विद्यार्थीलाई खेलकुदको माध्यमबाट पालिकासँग जोडने वातावरण समेत निर्माण हुने बताउनुभयो । कार्यक्रममा अन्नपूर्ण ८ नम्बर वडाका वडा अध्यक्ष खमबहादुर गर्बुजा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र टिकोट मावि टिकोटका प्रधानाध्यापक प्रदीप पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । प्रतियोगिताको उद्घाटनसत्र अन्नपूर्ण गाउँपालिकाको सामाजिक विकास समिति संयोजक ओमप्रसाद फगामीको अध्यक्षता र हिमाञ्चल मावि नांगीका प्रअ रमन पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा राम्चे, नांगी र पर्वतको वनबढे गाउँका स्थानीयले लोपोन्मुख पुख्र्यौली नृत्य देखाउनुका साथै हिमाञ्चल माविका महिला शिक्षकहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १०:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP