शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बालाचतुर्दशी पर्व : गलेश्वरमा भक्तजनको रौनक (भिडिओ)
बालाचतुर्दशी पर्व : गलेश्वरमा भक्तजनको रौनक (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर ३, २०८२
galeshwar
म्याग्दी । बालाचतुदर्शी पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका-९,स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा  करिब तीस हजार भक्तजनले बुधबार शतबीज छर्नुका साथै कालीगण्डकी नदीमा स्नान र गलेश्वर शिवालय मन्दिरको दर्शन गरेका छन् । [embed]https://youtube.com/watch?v=W5L2FnBkgaU&si=FHYXs2z6HRsdWaqR[/embed] गलेश्वर धामस्थित रघुगङ्गा र कालीगण्डकी नदीको सङ्गमस्थलमा स्नान गरेर शिवालय मन्दिरमा शतबीज छर्ने भक्तजनहरूको कारण गलेश्वर क्षेत्रमा श्रद्धालु भक्तजनहरूको चहलपहल बढेको थियो  । बाजागाजा र भजनकीर्तन सहित भक्तजनहरू गलेश्वरमा शतबीज छर्न आए।  आज बिहान ५ बजे देखि नै पितृ उद्धारको कामना गर्दै शिवालय क्षेत्रमा शतबीज छर्नेको भीड लागेको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । शतबीज छर्न भक्तजनहरू मङ्गलबार राति नै गलेश्वरधाममा आइपुगेका थिए । शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ ।  गलेश्वर धाममा शतबीज छर्न यसपाली म्याग्दी, बागलुङ, पर्वत, पोखरा ,झापा, मोरङ, विराटनगर र काठमाडाैँ लगायतका जिल्लाहरूबाट भक्तजनहरू आएको कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।  हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ । उहाँका अनुसार शतबीज छर्न आउने भक्तजनहरूको सहजताका लागि सुरक्षाकर्मी र  स्यमसेवकहरू परिचालन गरिएको थियो ।  देशभरबाट गलेश्वर शिवालयमा आउने भक्तजनहरूलाई पालैपालो शिवालयको दर्शन गर्न र सहज रूपमा मन्दिर परिसरबाट पवित्र कालीगण्डकी नदीसम्म शतबीज छर्ने वातावरण बनाइएको उहाँले बताउनुभयो ।  साथै बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वर क्षेत्रमा बाँस र निगालोबाट बनेका डाला,नाङ्ला र दारको काठबाट बनाइएको ठेकी बिक्रीका लागि व्यवसायीहरू समेत आएका छन् । बाला चतुर्दशीका अवसरमा शिवालय मन्दिर र परिसरलाई सरसफाई र रङरोगन गरेर चिटिक्क पारिएको छ । परापूर्वकालदेखि नै गलेश्वर शिवालयमा बालाचतुर्दशी पर्वको अवसरमा शतबीज छर्ने परम्परा र संस्कृति रहेको र शतबीज छर्दा मनोकाङ्क्षा पूरा भइ पुण्य लाभ हुने जनविश्वास छ । कालीगण्डकी नदी किनारमा एउटै नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय विश्वकै अलौकिक तिर्थस्थलको रूपमा समेत परिचित छ । 
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १८:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP