शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि केबी एकेडेमीलाई
म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि केबी एकेडेमीलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर १३, २०८२
kb
बेनी । २३ औं संस्करणको जिल्ला स्तरीय अन्तरमावि  म्याग्दी जेसीज कप फुटबल प्रतियोगिताको उपाधि म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको केबी एकेडेमीले हात पारेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा ३–१ ले बेनी सामुदायिक माविलाई पराजित गदैं पहिलोपटक केबी एकेडेमीले जेसीज कपको उपाधि जितेको हो । प्रतियोगिताको पहिलो हापको २२ मिनेटमै बिबेक बुढाले गोल गरेपछि केबी एकेडेमीले अग्रता लिएको थियो । पहिलो हाफमा निकै कमजोर प्रदर्शन गरेको बेनी सामुदायिकले दोस्रो हाफमा सुधार गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन् । केबी एकेडेमीको तर्फबाट दिक्षित पुनले ३८ र ४३ मिनेटमा थप दुई गोल गरेका  थिए । प्रतियोगिताका थपिएको अतिरिक्त समयमा बेनी सामुदायिकका सन्दिप क्षेत्रीले एक गोल गोल गरेका थिए। प्रतियोगिता अवधिभर मैदानभित्र केबी एकेडेमी नै हाबी देखिएको थियो ।यसअगाडीकेबी एकेडेमी सन् २०१८ मा आयोजित १७ औं जेसीज कपमा उपबिजेता भएको थियो भने यसपटकको समेत उपबिजेता बेनी सामुदायिक मावि गतबर्षको समेत उपविजेता हो । बेनी सामुदायिकाको पहिलोपटक बिजेता बन्ने सपना यसपट पनि सफल हुन सकेन । प्रतियोगितामा सर्वाधिक गोलकर्ता केबी एकेडेमीका खिमबहादुर थापा, माउण्ट एभरेष्ट आवासीय माविका एञ्जल थजाली र लिटल गार्डेन एकेडेमीका एलिन जुग्जालीले समान ५ गोल गरेका थिए । उत्कृष्ट खेलाडी केबी एकेडेमीका होमन जुग्जाली, उत्कृष्ट गोलरक्षक केबी एकेडेमीका सञ्जन घर्ती, उत्कृष्ट डिफेन्डर बेनी सामुदायिक माविका साइरेस पुन, उत्कृष्ट मिडफिल्डर केबी एकेडमीका मौसम रोका, उत्कृष्ट स्ट्राईकर बेनी सामुदायिक माविका सन्दिप क्षेत्री, राईजिङ प्लेयर लिटल गार्डेनका इशान सुबेदी, उत्कृष्ट प्रशिक्षक केबी एकेडेमीका टण्डीन लामा र अनुशासित टिम निस्कोट माविलाई सम्मान गरिएको प्रतियोगिताका मुल संयोजक नविन पौडेलले बताए । प्रतियोगितामा बिजेता विद्यालयलाई गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारी, बेनी नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अनुप दुलाल, उपाध्यक्ष सन्दिर खत्री, बागलुङ जेसीजका शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती क्षेत्री,मुख्य प्रायोजक एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस बेनीकी प्रमुख अस्मिता केसी बानियाँले रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३५ हजार पाँच सय ३५ पुरस्कार वितरण गरेका थिए ।अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताका लागि एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस बेनीले सन् २०२८ सम्म मुख्य प्रायोजन गरेको छ । म्याग्दीमा फुटबल खेलाडीको उत्पादनका लागि म्याग्दी जेसीज कपलाई गेट किपरको रुपमा लिइन्छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  २१:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP