शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला समापन
विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला समापन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर १४, २०८२
FB_IMG_1764468893275
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वरमा संचालित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला–२०८२ समापन भएको छ । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजकमा आयोजित मेलामा प्रौढ भलिबल, पुरुष भलिबल, बास्केटबल, खुल्ला नृत्य प्रतियोगिता लगायत विभिन्न सांस्कृतिक कार्यक्रम संचालन भएको थियो । शनिबार सम्पन्न फाइनल खेलमा पुलाचौरलाई सोझो शुन्यका विरुद्ध तीन सेट हात पार्दै पर्वतको भङ्गराले वडा पुरुष भलिबलको उपाधि हात पार्न सफल भएको हो । प्रथम भएको भङ्गराले नगद एक लाख एक हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र हात पारेको छ भने द्वितिय भएको पुलाचौरले ५१ हजार १११ रुपैयाँ सहित मेडल, प्रमाणपत्र, ट्रफीमा चित्त बुझाउन बाध्य भएको छ । पहिलो सेमिफाइनल खेलमा घतानलाई पराजित गर्दै भङ्गरा फाइनल प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनलमा पुलाचौरले मल्लाजलाई पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । प्रौढ भलिबलतर्फ घतानले घारलाई पराजित गर्दै उपाधि हात पार्न सफल भयो । भने घार उपविजेतामै चित्त बुझाउनुप¥यो । प्रौढ भलिबल तर्फ विजेता र उपविजेता भएका दुवै टिमले क्रमशः ७५ हजार एक सय ११ रुपैयाँ र ४० हजार एक सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । यसैगरी बास्केटबलतर्फ कालीपुल एलाई पराजित गदै पिप्ले विजयी भएको छ । विजेता र उपविजेता दुवैटिमले क्रमशः ७५ हजार १११ रुपैयाँ र ४० हजार १११ नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । खुल्ला नृत्य प्रतियोगितातर्फ मेघना गर्बुजा र तिना पाईजाको जोडी प्रथम, सफल गर्बुजा द्वितिय र एन्जिला शेरपुन्जा तृतिय भएकाहरुले क्रमशः १२ हजार एक सय ११ रुपैयाँ, आठ हजार एक सय ११ र चार हजार १११ रुपैयाँ हात पारेका छन् ।मेला संयोजक लोकेन्द्र खड्काका अनुसार, मेलामा प्रौढ भलिबलतर्फ घारका रामचन्द्र खड्का उत्कृष्ट खेलाडी, बास्केटबलतर्फ हाईजेष्ट स्कोरर कालीपुल एका पुस्कर छन्त्याल र उत्कृष्ट खेलाडीको रुपमा पिप्लेका सुदिप कार्की तथा पुरुष भलिबलतर्फ पुलाचौरका सौगत बानियाँ पुरस्कृत हुनुभयो । विजेता र उपविजेतालाई वडा अध्यक्ष चक्र केसी, स्थानीय समाजसेवी नरकुमार बुढाथोकी, क्लब अध्यक्ष अमित पुन , मेला सहसंयोजक पदम छन्त्याल, आर्थिक संयोजक राजु पुर्जा, खेलकुद संयोजक राजन शेरपुन्जा र रविन पुर्जा, आमा समुह अध्यक्ष फुलकुमारी रोका, क्लब सचिव बचन पुन, सांस्कृतिक कार्यक्रम संयोजक दिशु गर्बुजा लगायतले पुस्कार वितरण गर्नुभयो । स्थानीय कला संस्कृतिको जगेर्ना, प्रचारप्रसार तथा खेलकुद क्षेत्रको विकास, एकआपसमा भाइचारा सम्बन्ध स्थापित गर्न र खेलप्रतिभाको पहिचान गर्न मेला संचालन गरिएको क्लब अध्यक्ष पुनले बताउनुभयो ।क्लब अध्यक्ष पुनले मेलालाई भव्य र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्ने आर्थिक सहयोगीदाता सहित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । मेलाको उद्घाटन निवर्तमान उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा `खम्बीर´ले गर्नुभएको थियो । मेलामा चर्चित कलाकार, क्लबका कलाकार लगायतको सांगितिक र सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । संयोजक खड्काले मेला समापन कार्यक्रमको संचालन गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  ०७:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP