शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • नेकपा म्याग्दीको एकता सन्देशसभा
नेकपा म्याग्दीको एकता सन्देशसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर २२, २०८२
IMG-20251208-WA0009
बेनी। नेकपा (माओवादी केन्द्र), एकिकृत (समाजवादी) लगायतका विभिन्न राजनीतिक दलहरुबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले सोमबार म्याग्दीको बेनीमा जिल्ला स्तरीय पार्टी एकता सन्देश सभा गरेका छन् । सभा पार्टी नेताहरुले पार्टी एकताको आवश्यकता, विगतका कमजोरीको समिक्षा, देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको उद्देश्य र भावी योजनाका विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छन् । सभाले म्याग्दीमा एकताप्रति साविकका माओवादी केन्द्र, एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले पूर्ण सहमति जनाएको र बिशेषत पुर्व माओवादी घटकहरु केन्द्रिकृत भएको सन्देश दिएको उक्त पार्टीका नेता गोविन्द पौडेलले बताउनुभयो । सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीको नेता लिलामणी पोखरेलले संवैधानिक संकट टार्न, जेनजी आन्दोलनको माग, सुशाषन कायम, भ्रष्ट्राचार नियन्त्रण, स्थायित्व, राष्ट्रियता र स्वाधिनताको रक्षा तथा विगतका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धीको रक्षाका लागि चुनावलाई सफल बनाउनुपर्ने बताउनुभयो । “विगतका उपलब्धीको रक्षा गरेर देशलाई सही बाटोमा डो¥याउन कमीकमजोरीको आत्मसमिक्षा, गरेका काम र योजना सहित चुनावबाट अनुमोदित हुने अवसरको सदुपयोग गर्न नेता कार्यकर्ताले चुनावको वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो “शुसासन, सामाजिक न्याय र सम्बृद्धीको मुद्दा लिएर जनतामा जान तयार छौ ।” खर्चीलो चुनावी शैलीका कारण राजनीतिमा देखिएको विकृति नियन्त्रण गरि शुसासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपाति निर्वाचन प्रणाली हुनुपर्ने पोखरेलले बताउनुभयो । प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले भ्रष्ट्राचार नियन्त्रण र शुसासनका पक्षमा काम गर्न खोज्दा एमाले र काँग्रेस मिलेर केपी ओलीको नेतृत्वमा बनाएको सरकारका विकृत गतिबिधी जेनजी आन्दोलन र अहिलेको अवस्थाको एउटा कारण भएको पोखरेलले बताउनुभयो । “जनताको चाहना र पक्षमा काम गर्न खोज्दा संसदीय राजनीतिमा तत्कालीन माओवादीको सिट संख्याले नपुगेको सत्य हो, हाम्रो तर्फबाट भएका कमजीकमजोरीप्रति आत्मआलोचना गरेका छौ,” उहाँले भन्नुभयो “जनचाहना र पछिल्लो राजनीतिक परिस्थिति अनुरुप हामी आफ्नो ब्यवहार र कार्यशैली सुधार गरेर जनतामाझ जानुको विकल्प छैन् ।” नेकपाका नेता श्रीनाथ बरालले देशको हित र सम्बृद्धिका लागि आत्मआलोचना सहित एकतावद्ध भएर कम्युनिष्ट तथा वामपन्थी पार्टीहरुबीच भएको धु्रबीकरणलाई सकारात्मक रुपमा लिन आग्रह गर्नुभयो । “हाम्रो एकता संसदमा उपस्थित संख्या बढाउन र चुनाव जित्नका लागि मात्र नसोच्नुहोला,” उहाँले भन्नुभयो “वैज्ञानिक समाजवादको लक्ष्य हाँसिल गर्नका लागि भएको यो एकतालाई दिर्घकालिन बनाउन विगतका कमजोरीबाट पाठ सिकेर अघि बढेका हौ ।” कार्यक्रममा नेताहरु ढाकाराम गौतम, गमबहादुर श्रीस, रेशम जुग्जाली, दुर्गा कार्की, कृष्ण विश्वकर्मा, सेरबहादुर केसी, हरि भण्डारी लगायतले जेनजी पुस्ताको आन्दोलनपछि देशमा सिर्जना भएको नयाँ परिस्थिति अनुसार रुपान्तरित भएर पार्टी एकता भएको बताउनुभयो । उक्त कार्यक्रममा धवलागिरी गाउँपालिका–६ का प्रेमबहादुर लामगाडे, गौबहादुर केसी (कृष्ण), बिनोद केसी र यान्जिङ केसी नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुनुभएको छ । माओवादी पृष्ठभूमिका लामगाडे र गौबहादुर पछिल्लो समय एमालेमा हुनुहुन्थ्यो । बेनी नगरपालिका ४ सिंगाबाट पनि चार जना नेकपामा प्रवेश गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  २२:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP