शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
म्याग्दीमा ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर २५, २०८२
596375426_32828096450138210_7021873487911383711_n
म्याग्दी । म्याग्दीको बेनीमा ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा जिल्लामा रहेका एक नगरपालिका सहित पाँच गाउँपालिकाबाट छनौट भएका विद्यार्थीहरुले सहभागीता जनाएका छन् । पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बिजेता बनेर छनौट भएका विद्यार्थी खेलाहरुले जिल्ला स्ततीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका हुन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा पालिकाका करिब ४०० विद्यार्थीहरुले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जनाएको छ । छात्र र छात्रा तर्फ भलिबल, कबड्डी र एथलेटिक्सतर्फ विभिन्न विद्यामा गरी कुल ४२ स्वर्ण पदकका लागि खेल प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगिताबाट बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागीताका लागि छनौट समेत गरिनेछ । प्रतियोगितामा प्रथम हुने पालिकालाई नगद रु २० हजारको साथमा रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितीय र तृतीय हुने पालिकालाई क्रमश : नगद रु १५ हजार र १० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै पूर्वराज्यमन्त्री गर्बुजाले खेलकुदले युवा विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकास गर्दै मुलुकको लागि हरेक क्षेत्रमा आबश्यक जनशक्ति उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका मेयर सुरत केसी र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पालिका स्तरमा पहिचान भएका खेलाहरुलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्नका लागि रनिङ्ग शिल्ड प्रतियोगिताले सहयोग पुग्नेमा जोड दिनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  २०:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP