शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेमौसमी आलु खेतीबाट राम्राे आम्दानी गर्दै पात्लेखेतबासी ( भिडिओ)
बेमौसमी आलु खेतीबाट राम्राे आम्दानी गर्दै पात्लेखेतबासी ( भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस ७, २०८२
patlekhet-alu-bemausami-
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतकी माया सुवेदी आजभोली बारीमा फलाएको आलु खन्नमा व्यस्त हुनुहुन्छ । गत असोज महिनाको पहिलो साता करिब चार रोपनी क्षेत्रफलमा फैलिएको बारीमा रोपेर फलाएको निलो बेमौसमी जातको आलु खनेर घरमा भण्डारण गर्न नपाउँदै उहाँको बारीबाटै बिक्री भइरहेका छन् । गत वर्ष डढेलो कारण करिब बीस क्विन्टल आलु फलाउनुभएका मायाले यस वर्ष भने बढेर करिब तीस क्विन्टल उत्पादन हुने बताउनुहुन्छ । मायाले एक सिजनमा आलु बिक्रीबाट एक  लाख साठी हजार  रुपियाँ र अन्य तरकारी खेतीबाट तीस देखि चालिस हजार गरी वार्षिक करिब दुई लाख रुपियाँ आम्दानी गर्ने गरिएको सुनाउनुभयो । भिडिओ हेर्नुस् ... [embed]https://youtu.be/vxRYIFsuw0c?si=N4PYHcjwIWloLWSd[/embed]   उहाँ लगायत पात्लेखेत गाउँका २४ जना किसान मिलेर समुह नै गठन गरेर विगत ६ वर्षदेखि बेमौसी एमएस–४२ निलो जातको व्यवसायिक आलु खेती गर्दै आइरहेका छन् ।करिब १५ वर्षदेखि बेमौसमी जातका आलु उत्पादन हुँदै आएको पात्लेखेतमा ६ वर्ष अघि पर्वतीय आलु तथा ताजा तरकारी उत्पादक कृषक समुह गठन गरेर व्यवसायीक आलु खेती गर्दै आइरहेको छ ।समुहमा आवद्ध नभएका गाउँका अन्य किसान समेत व्यावसायीक आलु खेतीबाट राम्रो आम्दानी गर्दै आइरहेको कृषक समुह अध्यक्ष गोकुल शर्माले बताउनुभयो । यस वर्ष बर्षा ढिलो हुँदा असोज पहिलो साता रोपेको बेमौसमी आलुलाई किसानले मङिसर अन्तिम सातादेखि खन्न थालेका छन् । करिब तीन क्विन्टल आलु रोप्नुभएका अर्का सरोज गर्बुजाले एउटै बोटमा एक केजी बढी आलु उत्पादन हुने बताउनुहुन्छ । खानमा निकै स्वादिलो र अरू आलुको तुलनामा उत्पादन तेब्बर बढी हुने गरेको किसानको भनाइ छ । आफ्नो बारीमा करिब तीस क्विन्टल उत्पादन हुने अपेक्षा गर्नुभएका सरोजले सिंचाइ अभावले आलु खेतीमा समस्या हुने गरेको बताउनुभयो । चार रोपनी बढी क्षेत्रफलमा फैलिएको बारीमा तीस क्विन्टल आलु उत्पादन गर्दै आउनुभएका कृषक समुह अध्यक्ष शर्माले सिजनमा डेढ लाख रुपियाँ आम्दानी हुने बताउनुभयो । गाउँको आलु बेनी बजारमा पु¥याउँदा प्रति केजी ७० रुपियाँका दरले भने बारीबाट प्रति पाथी दुई सय रुपियाँका दरले बिक्री हुँदै आएको छ ।उहाँले भन्नुभयो ,‘‘गत वर्ष आलुमा लागेको डढेलो कारण सोचे जस्तो राम्रो उत्पादन हुन सकेन । यस वर्ष भने उत्पादन बढ्ने अपेक्षा गरेका छौं । माग बढी भएकोले आलु उत्पादन पछि बजारको समस्या छैन ।’’ पात्लेखेतका किसानले एक सिजनमा तीस देखि चालीस क्विन्टल सम्म आलु उत्पादन गर्दै आइरहेका छन् । करिब ९० रोपनी क्षेत्रफलमा बेमौसमी व्यवसायीक आलु खेती हुँदै आएको पात्लेखेतबाट गत वर्ष एक हजार पाँच सय क्विन्टल आलु उत्पादन भएकोमा यस वर्ष बढेर दुई हजार क्विन्टल बढी उत्पादन हुने अपेक्षा गरिएको समुह अध्यक्ष शर्माले बताउनुभयो । नगरपालिकाले यसअघि आलु पकेट क्षेत्र घोषणा गरेर सुरुवाती दुई वर्षसम्म अनुदान र प्रविधि सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र म्याग्दीले मागका आधारमा प्रोत्साहनका कार्यक्रम सन्चालन गरेको अध्यक्ष शर्माको भनाइ छ । परम्परागत कोदो मकै बाली लगाउने बारीमा व्यवसायीक बेमौसमी आलु उत्पादन हुन थालेपछि पात्लेखेतबासीको आर्थिक उपार्जनमा समेत ठुलो टेवा पुगेको छ ।  
प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १४:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP