शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • छोराको जन्मदिनमा वृद्धवृद्धालाइ मिष्ठान्न भोजन
छोराको जन्मदिनमा वृद्धवृद्धालाइ मिष्ठान्न भोजन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस १२, २०८२
3
गलेश्वर । जन्मदिन मनाउने नाममा फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएको बेला म्याग्दीका एक परिवारले भने आफ्नो छोराको जन्मदिनमा वृद्धवृद्धाहरुलाई भोजन दान गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थायी घर भई हाल पोखरा लामाचौर बस्दै आएका सामाजिक व्यक्तित्व खड् कुमार तिलिजाले आफ्नो छोरा सागर तिलिजाको १३औं जन्मत्सवको अवसर पारेर बेनी नगरपालिका–९, स्थित गलेश्वर जेष्ठनागरिक आश्रममा आश्रय लिई रहेका बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन खुवाएर जन्मदिन मनाउनुभएको हो । शनिबार गलेश्वर अन्न क्षेत्रमा पुगेर ज्येष्ठनागरिक आश्रमका वृद्धवृद्धाहरुको आशिर्वाद लिँदै उनीहरुलाई रु.३५ हजार बराबरको खिर, दही, तरकारी, अचारको सामुहिक भोजन गराएको सहयोगदाता खड् कुमार तिलिजाले बताउनुभयो । यसअघि तिलिजा परिवारले गलेश्वर शिवालय मन्दिरमा पुगेर पुजाअर्चना गरी दर्शन गरेका थिए । आश्रममा रहेका ज्येष्ठनागरिकसहित आश्रमका कर्मचारी तथा कालीगण्डकी वेदविद्याश्रम गलेश्वरका विद्यार्थी लगायत ६५ जनालाई फलफुल, नगद दक्षिणा समेत प्रदान गर्नु भएको पुलस्त्य पुलह अन्न क्षेत्रका कार्यलय सचिव माधव प्रसाद रिजालले बताउनुभयो । सन्तानबाट तिरस्कृत भएका बेसाहरा बृद्धबृद्धालाई सहयोग गर्नुभएकोमा कार्यलय सचिव रिजालले धन्यवाद व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका–१९, स्थित लामाचौरमा आल्मुनियम उधोग सञ्चालन गर्दै आउनुभएका युवा व्यवसायी तिलिजा मगरले यसअघि पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । जन्म दिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सेवा सद्भावमा खर्च गर्नसके पुण्य प्राप्त हुने उहाँको भनाई छ ।
प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १७:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP