शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकामा थप चार करोड रुपैयाँ बजेट बाँडफाँट
धवलागिरी गाउँपालिकामा थप चार करोड रुपैयाँ बजेट बाँडफाँट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस २२, २०८२
Dhawalagiri-gaunsabha2082
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को लागि थप . चार करोड बजेट बिनियोजन गरेको छ ।गाउँपालिकाको केन्द्र मुनामा पालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा मंगलबार सम्पन्न २५ औ गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट चालु आर्थिक वर्षका लागि बिनियोजन गरेको हो । गत असारको सभाले बनाएको रु. ४६ करोड ५६ लाख छ हजार पाँच सय ६३ को बजेटलाई बिनियोजन ऐन संसोधन गरेर रु. ५० करोड ५६ लाख छ हजार पाँच सय ६३ बनाउने उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको हो । रु. चार करोड मध्य यसअघि रु. एक करोड बजेट बिनियोजन भएको निर्माणाधिन प्रशासकीय भवनलाई पूर्णता दिन थप रु. एक करोड सहित पूर्वाधार योजनाहरुलाई रु. एक करोड ६५ लाख र बाँकी सामाजिक र आर्थिक विकाससँग सम्बन्धित कार्यक्रमलाई बिनियोजन भएको गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो ।   सभाले कृषि कार्यक्रम सञ्चालनका लागि तयार पारेको कार्यविधि पारित र घरजग्गाको मूल्याङ्कनको राजस्व दरलाई घटाउने निर्णय गरेको प्रवत्ता रोकाले बताउनुभयो । सभामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाएका खेलाडी, शिक्षक र शिक्षिकाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । हाल अस्टे«लीयामा रहेका गाउँपालिकाका पुर्वकर्मचारी आश्विन खत्रीले संकलन गरेर पठाएको रु. ५५ हजार खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको हो । ११ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा धवलागिरीले एक स्वर्ण, दुई रजत र पाँच कास्य पदक जितेको थियो । सभामा हालसम्म कुल बजेटको १८ प्रतिशत खर्च र लक्ष्यको ७३ प्रतिशत राजस्व संकलन भएको प्रगति विवरण जानकारी गराइएको थियो । असार महिनायता भएका कार्यपालिकाको बैठकलाई सभाले अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताउनुभयो । चालु आर्थिक वर्षमा प्रशासकीय, पाँच शैया क्षमताको अस्पताल भवन निर्माणलाई पुर्णता दिने, गुर्जा र भेडिखाल्डालाई सडक सञ्जालसँग जोड्ने योजनालाई प्राथमिकता दिएको छ । –
प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  २०:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP