शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पत्रकार समयसापेक्ष परिवर्तन हुनुपर्छ: रजिस्ट्रार भण्डारी
पत्रकार समयसापेक्ष परिवर्तन हुनुपर्छ: रजिस्ट्रार भण्डारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस २३, २०८२
bimala-Bhandari
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवारदेखि एआई प्रविधिको प्रयोग र मोबाइल पत्रकारिता सम्बन्धी विषयक तालिम सुरु भएको छ । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका प्रेस रजिस्ट्रार बिमला भण्डारीले एआईको प्रयोगबाट आम सञ्चारमाध्यममार्फत छिटो, छरितो र गुणस्तरीय समाचारजन्य सामग्रीहरु दर्शक, स्रोता र पाठकहरुमाझ पु¥याउनुपर्ने बताउनुभयो । उहाँले एआईले निर्माण गरेका टुल्सहरुको सहयोग लिएर समाचारलेखन, तस्विर तथा भिडियो बनाउने र सम्पादनमा समेत प्रयोग गर्न सकिने बताउँदै अब पत्रकारले आफूलाई पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कास्कीको निवर्तमान अध्यक्ष समेत रहनुभएकी प्रेस रजिस्ट्रार भण्डारीले अबको समय पत्रकार तथा सञ्चारकर्मीले एआईका टुल्ससँगै मोबाइल जर्नालजम्मा पनि आफूलाई अपडेट गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । एआईले दिने समाचारजन्य सामग्रीहरुमा गुणस्तर कायम गर्न र प्रविधिबाट आउन सक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि पत्रकारहरु स्वयं आफू पनि चनाखो हुनुपर्नेमा उहाँले जोड दिनुभयो । बेनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रेस रजिस्ट्रारको कार्यालय र पत्रकार महासंघबाट आयोजित एआई सम्बन्धी तालिमले आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि प्रचारप्रसारमा समेत महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले एआई प्रविधिको विकासले हरेक क्षेत्रमा छिटो, छरितो र आकर्षक नतिजा निकाल्ने कार्यमा समेत भूमिका खेल्ने गरेको बताउँदै पत्रकारिताको क्षेत्रमा पनि एआईको प्रयोग बढ्दै जान थालेको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले एआई र मोबाइल जर्नालिजम् बारेको तालिममार्फत जिल्लाको पर्यटन प्रवद्र्धन, प्रचारप्रसार, समय अनुसारको समाचारजन्य सामग्रीहरु उत्पादन र आम सञ्चारको गुणस्तरीयतामा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा सहसचिव एवं तालिम संयोजक प्रताप बानियाँले तालिमको बारेमा जानकारी गराउनुभएको थियो । तालिममा अनलाईन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले आम सञ्चारमाध्यमहरुमा एआईको प्रयोग, यसको सान्दर्भिकता र आवश्यकता, जोखिमविरुद्ध अपनाउनुपर्ने सावधानीहरु तथा मोबाइल पत्रकारिताको विषयमा सहजीकरण गरिरहनुभएको छ । बुधवारसम्म दुई दिन चल्ने तालिममा स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा म्याग्दीबाट रिपोर्टिङ गर्दै आइरहेका पत्रकारहरु, पत्रकार महासंघ र सञ्चारिका समूहमा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको छ । पछिल्लो समय एआई प्रविधिको बढ्दो प्रयोगबारे पत्रकार तथा सञ्चारकर्मीलाई जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । एआई प्रविधिको प्रयोग गरेर कसरी दैनिक रुपमा रिपोर्टिङको कार्यसम्पादनलाई सहज बनाउन सकिन्छ भन्ने विषय समेत तालिममा समावेश गरिएको छ । पत्रकारितामा एआईको प्रयोगबाट समाचारलेखन तथा फोटो र भिडियो बनाउने टुल्सहरुको प्रयोगका बारेमा समेत सहजीकरण भैरहेको छ ।  
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ०६:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP