शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २६, २०८२
11g
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा एकदिने स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार गलेश्वरधाम आमा समूहको आयोजनामा तथा बेनी अस्पतालको सहयोगमा सञ्चालन गरिएको शिविरको बेनी नगरपालिका उपमेयर ज्योति लामिछानेले ब्यानर वाचन गर्दै उद्धघाटन गर्नु भएको थियो । उक्त शिविरमा ८२ जना महिलाहरुले उपचार सेवा पाएका छन् । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा आश्रित वृद्धा महिला तथा गलेश्वर बजार आसपास क्षेत्रका स्थानीय महिलाहरूलाई लक्षित गरी सञ्चालन गरेको शिविरमा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा लिएको आमा समुहकी सचिव निशा महत जिसीले जानकारी दिनुभयो । उद्घाटन समारोहमा बोल्दै उपमेयर लामिछानेले यस्ता शिविरहरूले समुदायस्तरमा सचेतना बढाउनुका साथै लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । उहाँले नगरपालिकाले जनताको आवश्यकता र समस्यालाई मध्यनजर गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्टोलाको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो । डा. बास्तोलाले जेष्ठ नागरिक कृष्ण गिरीको स्वास्थ्य जाँच गर्दै शिविरको शुभारम्भ गरिएको थियो । उक्त टोलीले स्त्रीरोग सम्बन्धी समस्या पहिचान, उपचार परामर्श तथा आवश्यक औषधि वितरण गरेको जनाएको छ । कार्यक्रममा बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र बहादुर केसी, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविर अत्यन्तै प्रशंसनीय र उदाहरणीय भएको बताउनुभयो । समुहकी अध्यक्ष फुलकुमारी रोकाले महिलाको स्वास्थ्य समस्या अझै पनि समाजमा खुलेर भन्न नसकिने विषय भएको उल्लेख गर्दै यस्तो किसिमको शिविरले महिलालाई समयमै स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने धारना व्यक्त गर्नुभयो । उहाँले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिविरमा भिआईए परीक्षण गरिएकामध्ये एक जनामा पिसाव थैलीमा समस्य, दुईजनामा आङ खस्ने समस्या र दुईजनाको रिङ राखिएको डा. बास्तोलाले जानकारी दिनुभयो । डा.बास्टोलाका अनुसार तीमध्य जतिल समस्या भएका एक जना आङ खसेकी महिलालाई अप्रेसनका लागि तत्कालै प्रादेशिक अस्पताल बेनी बोलाइएको छ । बेनी नगरपालिका र युगल फार्मेसीको सहकार्यमा सर्वसाधारणका लागि आवश्यक औषधीहरू निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। आर्थिक रूपमा कमजोर तथा सेवाबाट वञ्चित समुदायलाई स्वास्थ्य सेवा पहुँचमा सहयोग पुग्ने अपेक्ष गरिएको छ । समूहकी अध्यक्ष रोकाको अध्यक्षता, उपाध्यक्ष विन्दु कार्की पुर्जाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचिव निशा जिसीले सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १९:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP