शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अमर मावि पाखापानीमा पुरस्कार वितरण तथा चन्दादाता सम्मान
अमर मावि पाखापानीमा पुरस्कार वितरण तथा चन्दादाता सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस २८, २०८२
IMG_1208
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीस्थित अमर माध्यमिक विद्यालयमा अभिभावक भेला तथा शिक्षक, विद्यार्थी एवम् चन्दादाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । आईतबार सम्पन्न कार्यक्रममा डम्मर–रेवती पुन स्मृति कोषबाट शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने तीन जना विद्यार्थीलाई क्रमशः रु १० हजार, रु ७ हजार र रु ५ हजार नगदसहित सम्मान पत्र प्रदान गर्दै पुरस्कार वितरण गरिएको हो । कार्यक्रमको अवसरमा विभिन्न तहमा उत्तीर्ण भएका २० जना विद्यार्थीलाई जनही पाँच सय रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको स्मृति कोषका संरक्षक निराज सेरपुजाले जानकारी दिनुभयो । शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको बताउँदै सेरपुजाले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढाउने र अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्मृति कोषमार्फत आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शैक्षिक गुणस्तर सुधारका लागि समुदाय, अभिभावक र चन्दादाताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै उहाँले चन्दादाताहरूको सहयोगले विद्यालयको उन्नतिमा टेवा पुगेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।   कार्यक्रममा विद्यालयको शैक्षिक विकास, भौतिक पूर्वाधार तथा विद्यार्थीहरूको उन्नत भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएका चन्दादातालाई गाउँपालिका अध्यक्ष भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले मायाँको चिनो सहित कदरपत्र प्रदान गर्दै सम्मान गरेका थिए । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यल रघुगंगा गाउँपालिका–६, कोटगाउँ कालाबाङ्ग निवासी ईन्द्रबहादुर सेरपुजा र भाईमती सेरपुजाले अमेरीका रहनुभएका आफ्नो छोरा किस्मत सेरपुजाको आर्थिक व्यवस्थापनमा रु एक लाख ९० हजार बराबरको स्मार्ट बोर्ड प्रदान गर्नुभएको छ । उक्त स्मार्ट बोर्डले विद्यालयमा प्रविधिमैत्री पठनपाठनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ । विद्यालय प्रशासनले दाताप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको सिकाइ प्रक्रिया सहज र आधुनिक बनाउन महत्वपूर्ण योगदान पुग्ने जनाएको छ । अमर मावि पाखापानी कक्षा १० मा अध्ययनरत नितु घर्तिमरे र प्रिजन सेरपुजालाई कोटगाउँ म्यासेन्जर समूहमार्फत शैक्षिक सत्र २०८२ को एसइइ छात्रबासका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । विद्यार्थीहरूको अध्ययनमा सहजता ल्याउने उद्देश्यले कोटगाउँका देश विदेशका युवा तथा स्थानीयवासीहरू आबद्ध म्यासेन्जर समूहबाट संकलित रकम छात्रबास खर्च व्यवस्थापनका लागि सहयोग गरिएको विद्यालयले जनाएको छ । सहयोगले एसइइ परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई थप हौसला र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार सेरपुजा र गाउँपालिका शिक्षा शाखा अधिकृत नहेन्द्र क्षेत्रीले सीमित स्रोतसाधनका बीच पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिको सक्रियताका कारण विद्यालयले निरन्तर उपलब्धि हासिल गरेको बताउनुभयो । आगामी दिनमा पनि स्थानीय सरकारबाट आवश्यक सहयोग र समन्वय निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   कोटगाउँ घर भई अध्ययनको शिलशिलामा हाल जपानमा रहनुहुने शर्मिला सेरपुजाले रु १० हजार बराबरको खेलकुद जर्सी सहयोग गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ । । उहाँको सहयोगले विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सहभागी हुन थप उत्साह र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोसन सेरपुजाको अध्यक्षता, प्रकाश आचार्यले स्वागत मन्तव्य र विद्यालयक प्रधानाध्यापक युबहादुर गर्बुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि विद्यालय परिवार, अभिभावक लगायत स्थानीय सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको रहेको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ००:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP