शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका मगर समुदायले शुभकामना आदान–प्रदानसहित मनाए माघे संक्रान्ति पर्व
म्याग्दीका मगर समुदायले शुभकामना आदान–प्रदानसहित मनाए माघे संक्रान्ति पर्व
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ १, २०८२
GYrdBUnI
बेनी । म्याग्दी जिल्लामा बसोबास गर्दै आएका मगर समुदायले परम्परागत पर्व माघे संक्रान्ति हर्षउल्लासका साथ मनाएका छन् । बिहिबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सांस्कृतिक झाँकी प्रदर्शन, शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरी पर्व मनाइएको हो । माघेसंक्रान्ति पर्वको अवसरमा मगर समुदायको मौलिक भेषभूषा, बाजागाजा, नृत्य तथा पुख्र्यौली नृत्यसहितको सांस्कृतिक झाँकी बेनी बजार परिक्रमा गरिएको थियो । झाँकीले बेनीबजार परिक्रमा गरेपछि जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य तथा पुर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले मगर समुदायको पहिचान जोगाउन भाषा, कला र संस्कृतिको संरक्षण अत्यावश्यक रहेको बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा मगर समुदायले संस्कृति संरक्षणमा सक्रियता देखाए पनि भाषा संरक्षणमा अपेक्षित चासो पुग्न नसकेको उल्लेख गर्नुभयो । नयाँ पुस्तालाई आफ्नो मौलिक भाषा सिकाउने र प्रयोगमा ल्याउनेतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो । पूर्व मन्त्री जुग्जालीले मगर भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने गरी गण्डकी प्रदेश सरकारले विधेयक पारित गरिसकेको जानकारी गराउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समुदाय स्वयं अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “भाषा हराएसँगै संस्कृति पनि हराउने खतरा हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले विद्यालय तहदेखि नै मगर भाषाको अध्ययन–अध्यापनमा जोड दिनुपर्छ ।” कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुनले मगर समुदायको एकता र सहकार्यले मात्रै समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकास सम्भव हुने बताउनुभयो । उपाध्यक्ष रेशम पुनले मौलिक संस्कृति संरक्षणमा स्थानीय तहले समेत सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो । नेपाल मगर संघ गण्डकी प्रदेश समितिका सदस्य हिराबहादुर पुन र बेनी सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक भिम घर्तिले मगर समुदायको पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमा सबैले आ–आफ्नो भूमिकामा जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा बेनी सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकमा नियुक्त हुनुभएका भिम घर्तिलाई सम्मान समेत गरिएको थियो । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष खम थापा मगरले मगर समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि संघले निरन्तर पहल गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । म्याग्दी  जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष विष्णुकुमारी रोकाले स्वागत, संघका सहसचिव रमेश फगामी मगरले सञ्चालन गरेको कार्यक्रममा गायिका गीता पाइजाले सांगीतिक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २०:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP