शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रथम पुख्र्यौली नृत्य प्रतियोगिताको उपाधि बिमको तल्लो गाउँलाई
प्रथम पुख्र्यौली नृत्य प्रतियोगिताको उपाधि बिमको तल्लो गाउँलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ २, २०८२
Oplus_16908288
दरबाङ । मगर समुदायको महान पर्व माघे संक्रान्तिको अवसर पारेर म्याग्दीको मालिका गाउँ पालिका–६, दरबाङमा संचालित भएको प्रथम मालिका गाउँपालिका स्तरीय पुर्खौली नृत्य प्रतियोगिता सम्पन्न भएको छ।मौलिक पुख्र्यौली नाचको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल मगर संघ मालिका गाउँपालिका समितिको आयोजना तथा मगर संघ जिल्ला समन्वय समिति र मालिका गाउँपालिकाको सहयोगमा शुक्रबार सम्पन्न प्रतियोगितामा वडा नम्बर ७ बिम स्थित तल्लोगाउँ पुख्र्यौली नाच समुह प्रथम भएको छ । उसले दुई सय ४३ अंक प्राप्त ग¥यो । भने दुुई सय ३७अंक प्राप्त गरेको वडा नम्बर ५ देविस्थान -घरिथोक-पन्थोकको पुख्र्यौली नाच समुह दोस्रो भएको छ । यसैगरी दुई सय ३२ अंक प्राप्त गर्दै वडा नम्बर ४ स्थित च्युरीबोट पुख्र्यौली सोरठी नाच समुह तृतिय भएको छ । नृत्य प्रतियोगीतामा प्रथम, द्वितीय,तृतीय भएका नाच समूहले क्रमशः ३० हजार, २० हजार, १५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र हात पारेका छन् । त्यस्तैगरी नयाँ कलाकार पुरुषमा बिम डाँडागाउँका एन्जल गर्बुजा, महिला कलाकार च्युरीबोटकी प्रिया पुन , सर्वोत्कृष्ट नृत्यमा बिम डाँडागाउँका दिप सागर पुन ,मादुलेतर्फ, पन्थोक नाच समुहका मादूले राजकुमार पुन ,उत्कृष्ट गायनमा वडा नम्बर १ निस्कोट पुख्र्यौली नृत्य समुहका निल पुन हुनुभयो।विहिबार र शुक्रबार सम्म संचालित प्रतियगितामा नौ वटा नाच समुहले सहभागिता जनाएका थिए।   [caption id="attachment_83828" align="alignnone" width="1919"] Oplus_16908288[/caption] उद्घाटन हुनु अघि नाचगान सहित ¥यालीले बजार परिक्रममा गरिएको थियो। यसैगरी मगर भेषभुषा सहितको झाँकी प्रदर्शनमा प्रथम भएको दुखुलेकले दश हजार ,द्धितीय भएको जनप्रिय टोल पुख्यौली नाच समुहले सात हजार रुपैयाँ र तृतिय भएको वडा नम्बर १ निस्कोट पुख्र्यौली नाच समुहले पाँच हजार रुपैयाँ सहित प्रमाणपत्र हात पारे । प्रतियोगितामा विजेता र उपविजेता नाच समुहलाई गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,वडा नम्बर ६ का वडा अध्यक्ष पथबहादुर रोका,नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य हिराबहादुर पुन ,मगर संघ जिल्ला समन्वय समिति सचिव हिराबहादुर पुन ,नेपाल मगर संघ मालिका गाउँपालिका निवर्तमान अध्यक्ष बिरेन्द्र पुन मगर, अध्यक्ष ओम बहादुर रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।   पहिलो दिन मगर समुदायबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरीएको थियो। चर्चित लोक गायक खड्ग गर्बुजा, कुमार पुन, डम प्रकाश पुन , गिता पाईजा ,गिता पाइजा , निरुता पुन लगायतका राष्ट्रीय कलाकारहरुले सांगीतिक प्रस्तुति दिनु भएको थियो।यसैगरी शुक्रबार चन्दादाताहरुलाई समेत पुरस्कृत गरिएको थियो । तस्बिर : रमेश खोर्जा मगर  
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २३:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP