शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • निर्वाचन शान्तिपूर्ण बनाउन म्याग्दीमा दल प्रतिबद्ध
निर्वाचन शान्तिपूर्ण बनाउन म्याग्दीमा दल प्रतिबद्ध
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ३, २०८२
election meeting and political party
म्याग्दी। आगामी फागुन २१ ते हुने आम निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि म्याग्दीका दलहरुले प्रतिबद्धता जनाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लामा क्रियाशिल दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गरि निर्वाचनलाई सघाउने प्रतिवद्धता जनाएका हुन् ।संविधानसभा सदस्य गोविन्द पौडेलले सबै राजनैतिक दलका प्रतिनिधिलाई चुनावी सवाल जवाफको समयमा अनिवार्य रुपमै सहभागी बनाउने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो । उम्मेदवारी दर्ताको दिनमा दलहरुका लागि समय सिमा तोकिदिएको खण्डमा सजिलो हुने धारणा राख्नुभयो । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले निर्वाचन खर्चिलो हुने गरेको र यसबाट निर्वाचनलाई मुक्त गर्नुपर्ने धारणा राख्नुभएको थियो । दलहरुले निर्वाचन आचारसंहिता पालना र शान्तिपूर्ण निर्वाचनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको सुवेदीको भनाइ थियो । नेपाली कांग्रेसका उपसभापति हरिकुमार श्रेष्ठले निर्वाचन सम्पन्न हुन सकोस भन्ने चाहना दलहरु सबैको रहेको बताउनुभयो । उहाँले निर्वाचन भयरहित तबरले सम्पन्न हुँदै आइ रहेको र यस पटक पनि त्यस्तै हुने अपेक्ष गरिएको र त्यो बातावरण बनाउन आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।राप्रपा उपाध्यक्ष सञ्जु बरुवालले कुनै पनि दलबहाट निर्वाचनको उम्मेदवारका लागि टिकट आइसक्दा पनि आर्थिक कारणले गर्दा चुनावमै जान नसक्ने अवस्था सम्म सृजना हुने गरेको सुनाउनुभयो । चुनाव लड्नका लागि उम्मेदवारले गर्नुपर्ने खर्चलाई बिकास खर्चमा लगाउने खालको वातावरण बनेमा राम्रो हुने बताउनुभयो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिश सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिका प्रमुख सुरत केसी लगायतको सहभागिता रहेको थियो । सर्वदलिय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस बिपि, राष्टिय जनमोर्चा लगायतका राजनैतिक दलको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १२:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP