शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • फापरखेतको पहिरोको विकल्पमा पुल बनाउन यसबैबर्ष बहुबर्षीय ठेक्का लाग्ने सांसद जुग्जालीको भनाइ 
फापरखेतको पहिरोको विकल्पमा पुल बनाउन यसबैबर्ष बहुबर्षीय ठेक्का लाग्ने सांसद जुग्जालीको भनाइ 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ ४, २०८२
received_2359201747860366
बेनी।  गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दीका ग्रामिण बस्ती र पर्यटकीय स्थलमा सहज यातायात सुविधाको ब्यवस्थाका लागि पूर्वाधार निर्माणमा प्राथमिकताका साथ काम भैरहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा शनिबार बेनीमा सम्पन्न ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रर्दशनीको समापन समारोहलाई सम्बोधन गर्दै पूर्वाधारबाट लाभ लिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । “म्याग्दीका सबै बस्तिलाई सडक सञ्जालले जोड्ने र सदरमुकाम देखि ग्रामिण तथा पर्यटकीय स्थलहरु जेड्ने सडकलाई स्तरोन्नति गरेर यातायात सेवालाई सहज र सुरक्षित बनाउन राज्यको तर्फबाट काम भैरहेको छ,” उहाँले भन्नुभयो “विकासको प्रमुख आधार सडक यातायातबाट निजी क्षेत्र र प्रवासीहरुले आफ्नै गाउँठाउँमा उद्यम ब्यवसाय गरेर लाभ लिन अग्रसर बन्नुपर्छ ।” बेनी देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकलाई पक्की बनाउन योजना निर्माण शुरु भएको जानकारी गराउदै गण्डकी प्रदेश सरकारका पुर्वमन्त्री समेत रहेका जुग्जालीले ढोरपाटनसँग जोडिएको सडकलाई मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पको रुपमा विकास गराउन पहल थालिएको बताउनुभयो । पुर्वी, पश्चिम रुकुम, जाजरकोट लगायत कर्णालीका जिल्लाहरुलाई राजधानी काठमाडौसँग जोड्ने मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा म्याग्दीबाट ६५ किलोमिटर छोटो पर्ने बताउदै उहाँले सडकसँगै धवलागिरीको जलजला र ढोरपाटन जाने पर्यटकलाई बेनी–दरवाङ–ढोरपाटन सडकबाट हिडाएर पश्चिम म्याग्दीको आर्थिक गतिबिधीलाई चलायमान बनाउन प्रयासमा रहेको बताउनुभयो । धवलागिरी गाउँपालिकाको गुर्जामा यसै वर्षभित्र सडक पुग्ने, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी जोड्ने सडकलाई स्तरोन्नति गर्न योजना सञ्चालन भएको बताउनुभयो । बेनी– पाखापानी– ठाडाखानी– कुइनेखानी– भेडीखाल्डा– मल्कवाङ– मराङ– बिम–दरवाङ जोड्ने चक्रपथ सडकको अवधारणा अनुसार आयोजना अघि बढेको उहाँले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति र अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गको हुमखोला सम्म सडक पुगेपछि बेनीमा गत सिजनमा बास नपाउनेगरी पर्यटक आएको स्मरण गर्दै उहाँले पर्यटन व्यवसायमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । कालीगण्डकी र रघुगङ्गा बेसीनका धेरै जलविद्युत आयोजनाहरु निर्माण भइसकेका बताउदै म्याग्दी बेसीनका जलविद्युत आयोजनाहरु पनि निर्माण सकिएपछि म्याग्दीबासीको आर्थिक हैसियत, स्थानीय तहको आयस्रोत वृद्धिमा पनि योगदान पुग्ने विश्वास गर्नुभयो । बेनी–दरवाङ सडकको फापरखेत पहिरोको विकल्पमा बेलिब्रिज जडान गर्ने विषयमा भएको स्वीकार गर्दै जुग्जालीले प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. एक करोड बजेट बिनियोजन गरेको उक्त योजनाका लागि रु. सात करोड ५० लाख बजेटको स्रोत ब्यवस्थापन गरेर बहुबर्र्षीय ठेक्का लगाउने प्रक्रियामा रहेको जानकारी दिनुभयो । “फापरखेतको पहिरोको विकल्पमा पुल निर्माणका लागि गरेको पहल निष्कर्षमा नपुग्दा हामीलाई लज्जित बनाएको छ,” उहाँले भन्नुभयो “राजनीतिक आग्रह, पुर्वाग्रह राखिएन र कुनै चलखेल भएन भने फापरखेत पहिरोको विकल्पमा पुल बनाउने योजना यो वर्ष बहुबर्षीय ठेक्का लाग्छ ।”
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १०:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP